画像の説明

जापानमा गृस्म, शरद, शिशिर र वसन्त गरि ४ ऋतु छन् |तीनका आ-आफ्नै विशेषता छन् | जस्तै गृस्म हानाबी (पटाका पड्काउने) शरद मोमीजी(रुखको मुना)शिशिरमा हिउँ अनि वसन्तको साकुरा|

画像の説明

वसन्त ऋतु सबै भन्दा उत्तम मौसम पनि मानिन्छ | विद्यावारिधि,रोजगारी सँगै धेरैले आफ्नो लक्ष्य पुरा गर्ने भएकोले पनि हर्षित मुद्रामा हुन्छन् |अझै ढकमक्क फुल्ने साकुराले थप प्रसन्नता छाउँछ |

画像の説明
画像の説明

यो मौसममा जापान चैँ साथीभाई, परिवार मिलेर पिकनिक जाने चलन पनि छ | यसलाई हानामी भनिन्छ| फ़ुकुओकामा रहेको माइजुरु कोएन पनि हानामीको लागि उत्तम स्थल मानिन्छ |

画像の説明

साकुरा फुले सँगै दिन प्रतिदिन धेरै मानिसहरू हेर्न आउँछन् | आजकल विदेशी पर्यटकहरू पनि देखिन्छन् |

画像の説明

तपाइ पनि यो मौसममा हानामी हेर्न आउनुहोला |

画像の説明

माइजुरु कोएन

गृह पृष्ठ
http://www.midorimachi.jp/park/detail.php?code=302001
ठेगाना
〒810-0043 फ़ुकुओका सी च्यु ओ कु ज्योनाइ १
सम्पर्क
माइजुरु कोएन व्यवस्थापन कार्यालय
फोन:०९२-७८१-२१५३
आउने तरिका
आकासाका अथवा ओहोरी कोएन स्टेसन बाट पैदल ८ मिनेट

この記事が気に入ったら いいね!しよう