यस पटक ओहोरिकोएन नोगाकुदोमा विकासले पहिलो पटक सान्मिसेनको अभ्यास गर्ने मौका पाए |यहाँ नोउ र क्योगेनको प्रस्तुति मात्र नभई,क्लासिकल, ज्याज लगायत अन्य प्रस्तुतिको पनि आयोजना हुने गर्छ |यस पटक सान्मिसेन वादक आसानोको प्रस्तुति भएकोले हेर्न आएका छौं |

画像の説明

आसानोले सान्मिसेनको बारेमा विकासलाई बिस्त्रितमा बताए | पहिलो पटक नजिक बाट सान्मिसेन देखेका विकास पनि निकै उत्साहित थिए त्यतिकैमा आसानोले नेपाली लोक गीत च्यांग्बा बजाइदिदा विकास पनि संगै गाउन थाले |

画像の説明

आसानोको प्रस्तुति हेर्दै ♪

画像の説明

विकास भन्दै छन् `एकदमै रमाइलो लाग्यो !`पहिलो पटक सुनेको धुनले मन नै रमायो |बाजा र बजाउने तरिका बारे पनि सिक्ने अवसर मिल्यो | आसानोले बिषेश रूपमा विकासलाई बजाउने तरिका सिकाइ दिए | विकासको लागि पनि विशेष क्षण बन्यो |

画像の説明

सुरुमा हात नबसेकोले विकासलाई बजाउन गार्हो भएको थियो तर आसानोले सरल रूपमा सिकाइ दिए | विकासले जापानी गीत “साकुरा साकुरा” को धुन बजाएका थिए |

आसानो सान्मिसेनका प्रतिभा मात्र नभई २०१६ बाट एन्का(जापानी लोकगीत) गायकको रूपमा पनि उदाएका छन् | जापान भरि लोकप्रिय छन् |२०१६/१/६ मा नया गीत 「च्युजी गा नाइतेइरु 」रिलिज भइ, राम्रो चलिरहेको छ | ☆

तपाइहरू पनि एक पटक यो बाजा बजाई हेर्नु होला ♪

この記事が気に入ったら いいね!しよう