जापानको गर्मि सिजन भन्ने बित्तिकै आतिशबाजीको नाम आउँछ |

जापानमा गर्मि सिजनको सुरुवात संगै ठाउँ ठाउँमा आतिशबाजी पनि सुरु हुन्छ |यो सिजनको परम्परा जस्तै हो |

画像の説明
आज हामी हातमा बोकेर पड्काउने पटाका देखाउदै छौ | प्राय जसो पसलमा सजिलै उपलब्ध हुन्छ |

पटाकाको चलन नभएका देशहरु पनि छन् | जापानमा चै जतात्यतै चलेको छ |

画像の説明

FFJको हाते पटाका पड्काउने कार्यक्रम !

Feel Fukuoka Japanको स्टाफ र मोडल सहभागी आतिशबाजी कार्यक्रम

画像の説明

जापानको पटाकाका प्रकार धेरै छन् | ति माझ बाट मन पर्ने पटाका छान्दै |ठुलो प्रकाश दिने र बिस्तारै बल्दै जाने पटाका छन् |कस्तो कस्तो हुदो रैछ बाली हेरौ न त♪

भिन्न भिन्न पटाका संगै रमाइलो हुदै छ |धेरै जना मिलेर गर्दा रमाइलो हुन्छ |

画像の説明

अन्तिममा चै यो बाली हेरौ न त

हाते पटाका संगै रमाउदै Senko Hanabiबाट (धुप जस्तो)अन्त्य गरौ(

画像の説明

Senko Hanabiअन्य संग तुलना गर्दा विस्तार बल्दै जान्छ |
आगो सल्काए पछि तुप्पोमा डल्लो पर्छ ,यो जर्यो भने निभ्न सक्छ त्यसैले बिस्तारै चलाउनु पर्छ |
कसले लामो समय सम्म बल्न सक्छ भनि प्रतियोगिता नै हुन्छ |

画像の説明

अघि सम्म होहल्ला गरेर रमिरहेकाहरु अहिले पटाका संगै रम्दै छन् |साच्चिकै आकर्षक छ |

तपाइँहरु पनि एक पटक गरि हेर्नु होला है |

हातमा लिएर पट्काउदा आगो संग पनि ध्यान दिनु होला | आगो बलेको भागलाइ तलतिर फर्काउनु पर्छ |
आगलागी हुन्बाट सजग हुनु पर्छ | बालेको पटाकालाइ पनि निभाएर मात्र फाल्नु पर्छ निषेधित क्षेत्रमा पट्काउनु हुदैन | तोकिएको स्थानमा मात्र गर्नु पर्छ |

この記事が気に入ったら いいね!しよう