画像の説明

फ़ुकुओकाको प्रमुख तीन जात्रा मध्ये「हाकाता गिओन यामाकासा」एक हो |७७० बर्ष पुरानो कुसिदा मन्दिरको परम्परागत जात्रा हो |हरेक बर्ष जुलाई १ मा डोरी बाँध्ने बाट सुरु भइ १५ तारिक सम्म चल्छ |हाल जापानको महत्वपूर्ण अमुर्त लोक सांस्कृतिक सम्पत्तिमा तोकिएको छ |

画像の説明
कुसिदा मन्दिर(तस्विर: फ़ुकुओका सिटि)

के हो त यामाकासा ?

हाकाता गिओन यामाकासामा हाकातालाइ ७ क्षेत्रमा बिभाजन गरि, नागारे भन्ने टिम बनाइन्छ |अन्य जात्रामा झैँ यामा भन्ने रथ हुन्छ |

・इचिबान यामाकासा हिगासी नागारे
・निबान यामाकासा नाकासु नागारे
・सानबान यामाकासा निसी नागारे
・योनबान यामाकासा चियो नागारे
・गोबान यामाकासा एविसु नागारे
・रोकुबान यामाकासा दोई नागारे
・नानाबान यामाकासा दाइकोकु नागारे

यामाकासा हिकी र काजारी दुइ प्रकारका छन् |

काजारी यामाकासा

画像の説明

जुलाई १ देखि १५ को मध्यरात सम्म १४ ठाउँमा प्रदर्शन गरिन्छ |लगभग १० मि. अग्लो रथ कुसिदा मन्दिर पट्टि फर्काएर राखिन्छ | कलाकारले हरेक बर्ष फरक शिर्षकमा तयार पार्छन |

画像の説明
画像の説明

साधारणतया काजारी यामाकासा चै प्रदशनीको लागि निश्चित स्थानमा राखिन्छ | तर कावाबाताको मात्र घुमाउने गरिन्छ |

画像の説明
कावाबाताको काजारी यामाकासा

अरु रथ चै जात्रा सकिए पछि निकालेर राखिन्छ | कुसिदाको काजारी यामाकासा चै वर्षे भरि त्यतिकै राखिन्छ |

画像の説明

जात्रा देख्न नपाए पनि कुसिदामा गए हेर्न सकिन्छ |

हिकी यामाकासा

画像の説明

प्राय जसो रथहरु काँधमा बोक्ने गरिएता पनि यो रथ चै तान्ने गरिन्छ |हिकी यामाकासा १० तारिकमा नागारे हिकी बाट सुरु हुन्छ | प्रत्येक समुहले रथ तानेर बजार घुमाउछन |

उत्कर्ष बिन्दुको यामाकासा

हाकाता यामाकासाको हेर्ने पर्ने भनेको “ओइ यामाकासा” हो |हरेक बर्ष जुलाई १५ तारिक बिहान ४:५९ मा सुरु हुन्छ | इचिबान यामाकासा देखि लहरै कुसिदा बाट निकालिन्छ | त्यस पछि ५ कि.मि. को कोर्स मा रथलाई तानिन्छ |हरेक समुहको सुरु हुने समय र कोर्स नापिने गरिन्छ |

画像の説明
 

Feel Fukuoka Japanको Sam ले पनि यामाकासा पहिलो पटक हेरेको रे ! यहाँ बालक देखि वृद्दसम्म हेर्न आउछन |

画像の説明

थरिथरिका पसलहरु पनि भएकोले जात्रा र खाना दुबैको मजा लिन सकिन्छ |

画像の説明

अर्को बर्षको हाकाता गिओन यामाकासाको बेलामा समय मिलाएर फ़ुकुओका घुम्न आए कसो होला ?

हाकाता गिओन यामाकासा

この記事が気に入ったら いいね!しよう