गर्मि मौसम ब्लुबेरीको सिजन हो |

画像の説明

यसपालीको गर्मीमा ब्लु बेरी खान जाने कि ?

画像の説明

जुन १ देखि अगस्त ३१ सम्म कुरुमेमा रहेको「ब्लु बेरी मुरा」खुल्ला रहन्छ | प्रवेश शुल्क वयस्क ७०० येन बच्चा ३०० येन तिरेमा दिनभरी टिपेर खान सकिन्छ |

画像の説明

१५,००० फराकिलो यहाँ १० प्रकारका ४००० बोट छन् | फराकिलो भएकोले पाकेका मिठामिठा ब्लु बेरी खाएर आनन्द लिन सक्नु हुनेछ |

画像の説明

छानो पनि भएकोले पानी परेनी समस्या छैन |

देख्दै लोभ लाग्ने ब्लु बेरीको स्वाद लिऔ |

画像の説明

म गएको जुनको पहिलो हप्ता तिर गएँ | गर्मि बिदा भन्दा अगाडी भएकोले कुनै भिड थिएँ त्यसैले फुर्सदमा टिपेर खान पाएँ |

画像の説明

ब्लु बेरी टिप्नु अगाडी अमिलो र गुलियोको छुट्याउने तरिका !पाकेको ब्लु बेरी पातको तल फल लागेको हुन्छ |फल पनि पूर्ण रुपमा बैजनी रंगमा परिणत भइ सकेको हुन्छ |अलिकती चलाउदैमा झर्छ |अलिअलि सेतो देखिने चै रसिलो हुने भएकोले बजारमा पनि राम्रो भाउमा बिक्रि हुने गर्छ |

画像の説明

आज मौसम पनि राम्रो भएकोले मजा हुने भयो |

画像の説明

निलो र खुल्ला आकाशको मुनि पाकेको एउटा एउटा ब्लु बेरी टिप्दै खानु को मजा नै बेग्लै | पेट पनि टन्न भयो |खान मात्र होइन घर लिएर जान पनि पाइन्छ |

画像の説明

४० मिनेट भयो टिप्न सुरु गरेको खलखल पसिनाले निथ्रुक्क बनायो | त्यस्तो बेलामा आराम गर्न छहारी पनि छ |

画像の説明

घाम चर्को भएकोले टोपी, टावलको व्यवस्थाका साथ जादा राम्रो हुन्छ |

画像の説明

छानी छानी टिपेको ब्लु बेरी चै यस्तो छ |यसरि टिपेको ताजा ब्लु बेरीको स्वाद साथी भै परिवारलाई पनि दिलाउने पर्यो | ब्लु बेरी चै १०० ग्रामको ३२० येनले बेच्ने गरिएको छ | बजारबाट किन्नु भन्दा सस्तो पनि ताजा पनि |

क्याफे टेरासमा पाइने ब्लु बेरी स्विट

画像の説明

अब चिसो ब्लु बेरी ज्युस(३०० yen ) पिएर जीउलाई पनि शितल बनाउन पर्यो नि |

画像の説明

ब्लु बेरी र दुधको सफ्टक्रिम Blue Berry Softcream(४००येन) स्वादको आनन्द लिन पनि सकिन्छ |

त्यो बाहेक पनिBlue Berry Frozen(३५०येन)、Blue Berry Kakigori ३५०येन आदि छ अर्डर स्टप सोम~शुक्र १६:३० बिदाको दिन१७:०० बजेसम्म

ब्लु बेरी स्विट

画像の説明

「ब्लु बेरी मुरा」मा बिरुवा, जाम, जुस, अमिलो आदि पनि बिक्रि गरिन्छ |※मौसम अनुसार सामानहरु फरक पर्छन |

जुलाई, अगस्त ब्लु बेरीको लागि उत्कृस्ट सिजन हो | अबस्य पनि एक पटक आउनु होला |

ब्लु बेरी मुरा

गृह पृष्ठ
http://blueberrynomura.com/
अवधि
२०१६/६/१ ~ २०१६/८/३१ सम्म
स्थान
〒८३०-१११३ कुरुमे सी कितानो माची २३५५
समय
९:००~१७:००
शुल्क
●वयस्क ७००येन
●बच्चा ३०० येन
※१५ जना भन्दा बढी भए
●वयस्क ५०० येन ●बच्चा २००येन
४ बर्ष मुनिकालाइ निशुल्क
बन्द हुने दिन
माथिको अवधिभर बन्द हुने छैन |

この記事が気に入ったら いいね!しよう