के तपाईंहरुलाइ इन्टरनेट क्याफेको बारेमा थाहा छ ?

जापानमा इन्टरनेट क्याफे अथवा मान्गा किस्सा जस्ता सुविधाजनक स्थानहरु छन् |यसपटक फ़ुकुओकाको पर्यटकीय क्षेत्र “नाकासु”मा रहेको इन्टरनेट क्याफेको परिचय गराउंछु |

画像の説明

यहाँ कम्प्युटर इन्टरनेट जति चलाएपनि पाइन्छ | पेयपदार्थ अनि म्यागजिन पनि मन लागे जति पिउन पढ्न पाइन्छ | यस्तो राम्रो सेवा प्रदान गर्दै आएको छ |

विदेशी पर्यटक चाही सदस्य बन्नु आबस्यक छैन |

साधारणतया इन्टरनेट क्याफे प्रयोग गर्न सदस्यता लिनु जरुरि पर्दछ | तर,futaba@cafeमा विदेशी पर्यटकलाई चाही पर्दैन |नाम जन्ममिति ठेगाना लेखेर पासपोर्ट देखाउनु आबस्यक पर्दछ |एकदम सरल छ |

画像の説明

कोर्सको छनौट

आफुले प्रयोग गर्न चाहेको कोर्स छान्ने,futaba@cafeमा समय र सिट अनुसार शुल्क पनि फरक पर्छ |

画像の説明

सर्वप्रथम आफु बस्ने समय अनुसारको कोर्स छान्ने |futaba@cafeमा ५ किसिमका कोर्सहरु छन् |

बेसिक शुल्क
थोरै समय प्रयोग गर्न चाहनेको लागि यो कोर्स उत्तम हुन्छ |

Day Pack
दिउसो लामो समय प्रयोग गर्ने चाहनेको लागी सस्तो पर्दछ |

Night Pack
रात बस्न र आराम गर्नको लागि |Day Pack भन्दा पनि किफायती मूल्य छ|

SUPER Stay Pack
रात बस्नको लागि | १५ घण्टाको प्याकेजमा टावल, साबुन, स्याम्फु आदि सहित

MEGA SUPER Stay Pack
यसमा चाही एक रात बस्न र साथमा एक बोतल अल्कोहल पनि जोडिएको छ |

Long Stay Pack
केहि दिन बस्ने योजना भएकाहरुको लागि | २४ घण्टा, ४८ घण्टा, ७२ घण्टाको प्याकेज अनि टावल, स्याम्फु, साबुन समेत भएको |


यस पछी कोठा पनि तय गर्ने,futaba@cafeमा ४ प्रकारका कोठाहरु छन् |

ओपन
画像の説明

थोरै समय इन्टरनेट, कम्प्युटरको प्रयोग अनि प्रिन्ट गर्न पनि सकिन्छ |

फ्ल्याट
画像の説明

लामो समयको प्रयोग र आराम गर्न चाहनेको लागि | ब्लान्केटको व्यवस्था छ|

रिक्लाइनिङ्ग
画像の説明

रिक्लाइनिङ्ग सिटमा बसेर आराम गर्दै इन्टरनेट, फिल्म आदिको आनन्द लिन सकिन्छ |

डबल नेट
画像の説明

२ जनाले प्रयोग गर्न सकिने| कम्प्युटर पनि २ वटा हुन्छ |

महिलाहरुको लागि मात्र छुट्टै कोठा पनि उपलब्ध छ |कोठा पिच्छे ताल्चा भएकोले,ढुक्क संग प्रयोग गर्न सकिन्छ |

यी सबै तय गरे पछि रिसेप्सनमा पैसा तिर्ने |अनि त्यो रसिद लिएर त्यसमा लेखिएको कोठामा जाने | केहि गरि बाहिर निस्कन परेमा एक पटक रिसेप्सनमा रसिद बुझाउने र फर्किदा लिने र पुन आफ्नो कोठामा जाने |

futaba@cafeको सेवा र सुबिधा

प्रत्येक कोठामा TV,DVD,कम्प्युटर र इन्टरनेटको ब्यवस्था छ |

画像の説明

मोबाइल चार्ज,Free Wi-Fi पनि छ|त्यति मात्र नभई मान्गा, म्यागजिन, पत्रिका आदि पनि निशुल्क उपलब्ध छ |पेय पदार्थ पनि निशुल्क |स्टे प्याकमा चै ब्रेकफास्ट पनि जोडिएको हुन्छ |

画像の説明
画像の説明

त्यति मात्र नभई चाउचाउ, चकलेट पनि किन्न सकिन्छ |

画像の説明

आरामदायी अनि गुणस्तरीय सेवा

रात बस्नेको लागि अन्य सुबिधा पनि छ |स्टे प्याक प्रयोग कर्तालाइ नुहाउने सुबिधा छ | टावल,ब्रस,मन्जन पनि | स्टे प्याक प्रयोग कर्ता बाहेक ले पनि प्रयोग गर्न त पाउछन तर छुट्टै पैसा तिर्न पर्छ |

画像の説明

लनड्री पनि प्रयोग गर्न सकिन्छ

画像の説明

रिसेप्सनमा ब्लान्केट,सिरानी उपलब्ध छ |

画像の説明

होटेलमा कोठा नपाउदा, एकछिन आराम गर्नको लागि प्रयोग गर्न सकिन्छ | थप शुल्क तिरेमा निरन्तरता दिएर बस्न सकिन्छ |

फ़ुकुओका आउनु भएमा एक पटक futaba@cafeप्रयोग गरि हेरे कसो होला ?futaba@cafeफ़ुकुओका बाहेक हिरोशिमामा पनि छ |

futaba@café नाकासु gate’s

गृह पृष्ठ
http://futaba-at-cafe.com/
ठेगाना
〒८१०-०८०१ फ़ुकुओका सी हाकाता कु नाकासु ३-७-२४ गेट्स पाचौ तल्ला
सम्पर्क
+८१-९२-२८३-०५६८
खुल्ने समय
३६५ दिन/२४ सै घण्टा
आउने तरिका
सबवे नाकासु कावाबाता ४ न गेट संगै

この記事が気に入ったら いいね!しよう