४०० वर्ष देखि चली आएको “कोकुची गिओंन दाइको” जात्रा चाही, “फुकुओका केन किताक्युस्यु सी” को केन्द्र मानिने कुचीको” भन्ने ठाउको एक परम्परागत जात्रा रहेको छ । यस जात्रा लाई गत वर्ष देखि ,(देशकै अमूल्य लोक सांस्कृति सम्पदा) को रूपमा चयन गरिएको छ ।

“कोकुरा” दरवार निर्माण गरेका “होसोखावा तादा ओकिकोउ” ले दरवार शहरको समृद्धि र निरोगका लागि प्राथना गर्ने क्रममा, ई.स. १६१७ मा “क्यौतोउ” को गिओन जात्रा अनुकरण गर्ने कार्य सुरु गरिएको थियो । परम्परागत शैलीमा ढोल बजाउने तरिकाको प्रतिस्पर्धा: (थाईको क्योउ एन ताई खाई) मा ८० भन्दा बढी समूहले भाग लिनेछ । यस प्रतिस्पर्धामा शरीरको सम्पूर्ण शक्तिलाई यसमा प्रयोग गरि विभिन्न ढोल बजाउने जुक्तिको प्रदर्शन गरिनेछ । चरमसीमामा ढोल बजाउनका लागि एक खुल्ला ठाउमा प्रारम्भ गरिने यस प्रदर्शनिमा, प्रत्येक संगठनहरुको बिभित: मनोरन्जनको मिठास लिन सकिन्छ ।

बृस्तृत जानकारी

गृह पृष्ठ
http://www.kokuragiondaiko.jp/
समय तालिका
२०१७ साल ७ महिना १४ तारिक बाट २०१७ साल ७ महिना १६ तारिक सम्म
स्थान
फुकुओका केन किताक्युस्यु कोकुरा महल क्षेत्र वरपर
आउने तरिका
JR खागो सिमा मेन लाइन (निसी कोकुरा स्टेसन) बाट पैदल ८ मिनेटमा, साथै (कोकुरा स्टेसन) बाट पैदल १० मिनेटमा
लाग्ने शुल्क
जात्रा हेर्नको लागि निशुल्क “कोकुरा थाईको क्योउ एन ताई खाई” हेर्न /रिजर्भ सीट शुल्क २,००० येन, सो दिनको सीट शुल्क ५०० येन

※सम्पूर्ण जानकारी २०१७ साल जुलाई १को अनुसार राखिएको छ ।

この記事が気に入ったら いいね!しよう