画像の説明

यसपटक फ़ुकुओकाको इमाइजुमिमा रहेको जापानी रेस्टुरेन्ट 「Hyakkaryoran」मा लैजान्छु |。 हाकाता र क्युस्युको परम्परागत खाना अनि रेस्टुरेन्ट “”भित्र वातावरण पनि जापानी आभाष दिलाउने शान्त वातावरणको आनन्द लिन सक्नु हुनेछ | परिकार चै हाकातामा चलिआएको मिज़ुताकी, स्याबू स्याबू, मोचुनाबे जस्ता सेट मेन्यु लगायत अन्य पनि धेरै छन् | यहाँ धेरैले रुचाएको परिकार मात्र उपलब्ध छ |

画像の説明

यो रेस्टुरेन्टको नाम “फूलहरु जम्मा पारेर प्रत्येकमा रंगिन बनाउनु”को अर्थबाट आएको हो | त्यस्तो नाम भएको रेस्टुरेन्टमा कस्तो मेन्युहरु होलान त !

画像の説明

सर्वप्रथम यहाँको ५ थरिका माछाको परिकार | ताजा र पौष्टिक तत्व ले भरिएको माछाको स्वाद लिन सक्नु हुनेछ |

画像の説明

यो चै घरमा बनाइएको मेन्ताइको र अन्डाको सम्मिश्रण यस्तो परिकार खान पाइने सायद यहि मात्र होला |

画像の説明

यहाँ 「स्युगोकु」नामक घरमै बनाइएको मेन्ताइको प्रयोग गरिन्छ | परिकार बाहेक कोसेलीको लागि छुट्टै बिक्रि पनि गरिन्छ |

画像の説明

अर्को चै गंगटोको पकौडा |ताजा सब्जी र गंगटो प्रयोग गरि बनाइएको पकौडा एकदमै मिठो छ | सस र नुन दुइ किसिमका स्वाद लिन सकिन्छ | बिशेष गरि सस चै सागाको एउटा टापुमा बाहेक नपाइने फल बाट तयार परिन्छ

画像の説明

यो चै「हाकाता ग्यु」को अलिअलि पोलेको मासु | यो एकदमै कमलो र स्वादिलो हुन्छ |

画像の説明

यहाँको अर्को प्रख्यात चै「तोरीकामा」हाकाताको लोकल कुखुरा र गोबोमा चामल मिलाएर पकाइने यो भात एकदमै मिठो हुन्छ |

画像の説明

धोरे खान चाहेको खण्डमा「याकिसाबा सुसी」ठिक्क हुन्छ | पोलेको साबा र भात लाइ मिलाएर बनाइन्छ |त्यो बाहेक पनि मेन्युहरु धेरै छन् |

画像の説明

यहाँको सबै भन्दा उत्कृस्ट परिकार भनेको 「नाबे मोनो」 हो |मिजुताकी, स्याबु स्याबू अनि मोचुनाबे गरि ३ परिकारको स्वाद लिन सकिन्छ |यहाँ क्युसुमा पाइने मुला अनि कागोसिमाको कालो बंगुरको मासु मिलाएको स्वस्थवर्दक परिकारको स्वाद लिन सकिन्छ |

画像の説明

अनि यो स्याबू स्याबू बाक्लो सस, अन्डा र प्याज हाली बनाइएको परिकार |

画像の説明
画像の説明

अन्त्यमा मुख मिठो बनाउन शुद्ध गाईको दुधबाट बनाइएको बरफ, चिया र आँपको स्वादमा पनि छ |

画像の説明

एक जना मात्र भए काउन्टरमा बसी, अगाडी नै रहेको किचेनमा कुकले बनाइएको हेर्न सकिन्छ | अरुले डिस्टर्ब पनि नगर्ने, रक्सीको चुस्की संगै आनन्द लिन सकिन्छ |

画像の説明

यहाँ खाना मात्र उत्कृस्ट नभई स्वागत सत्कार पनि उत्कृस्ट छ | सुमधुर मुस्कानले गरिने स्वागतमा तपाइँ एकछिन त आफैमा हराउनु हुन्छ |

画像の説明

जापानी आभाष दिने ठाउँ र खानाको अनुभव एक पटक अवश्य लिनु होला |

Facebook
https://www.facebook.com/hyakkaryoran.fukuoka/
ठेगाना
〒८१०-००२१ फ़ुकुओका सि च्यु ओ कु इमाइजुमि १-४-११
खुल्ला हुने समय
१८:००~२४:००(अन्तिम अर्डर २३:००)
सम्पर्क
८१-९२-७३८-९९९१

この記事が気に入ったら いいね!しよう