画像の説明

फ़ुकुओकाको छेउमा रहेको सागामा धेरै पहिले दरबार थियो | ति दृश्यहरु अझै पनि देख्न सकिन्छ |सागाको दक्षिण भूभाग कृषि उत्पादनको लागि प्रख्यात छ |पहिलो पटक सागा घुम्न आएका हबिले हर कुराको रिपोर्ट गर्ने छन् |

画像の説明

हाकाताबाट ट्रेनमा ४५ मिनेटमा सागा पुग्न सकिन्छ ♪

आरिआके हिगाता

画像の説明

सागा सिटी आरिआकेको तटमा अवस्थित छ |यहाँ ६ मिटर पर सम्म छाल आउने यो जापानको सबै भन्दा ठुलो तट हो | छाल घटे संगै समुन्द्रको पिध पनि देखिन्छ | यसलाई “हिगाता” भनिन्छ | यस्तो स्थानमा समुन्द्री झार या माछाहरु प्रशस्त पाइन्छ |मौसम अनुसार चराचुरुंगी पनि आउदछन| रामसर सन्धिको सिमसारमा सुचिकृत छ |

画像の説明

छाल आउने समयमा समुन्द्री झारमा सुर्यको किरण पर्दा त्यसमा भिटामिनको मात्रा अझै बढ्छ | बिशेष गरि मिनरल प्रशस्त हुन्छ |

画像の説明

पहिलो पटक हिगाता देखेका हबी उत्साहित हुदै

画像の説明

आँखाले भ्याए सम्म देखिने हिगाता

हिगाता वरिपरिको पार्कमा अक्टोबर नोबेम्बर तिर “सिचीमेंसोकु” भन्ने मोमीजी फुल्दा बाताबरण नै हर्सोल्लास बन्दछ

画像の説明
हिगाता योका कोएन सिचीमेंसोकु

हिगाता योका कोएन

सागानो पाइने नोरी बनाउने ठाउँ अवलोकन

画像の説明

आरिआकेमा माछा पालन एकदमै फस्टाएको छ | यहाको समुन्द्री झार उत्पादन जापानमा सबै भन्दा धेरै हुने हो १३ बर्ष लगातार १ न.मा रहेको छ |ओनिगिरि , सुसीमा प्रयोग गरिने प्राय यहि उत्पादन भएको हो |

画像の説明
नोरीले बेरेको ओनिगिरि

त्यस्तो नोरी कसरि बनाउदो रैछ त ! हेरौ न त

画像の説明

बोटमा २० मिनेट गए पछि ठुल्ठुला किला ठोकिएका अनौठो दृश्य देखिन्छन

画像の説明

किलाको बिचमा जल बिच्छ्याई त्यसमा नोरी प्रजनन गरिन्छ |

画像の説明

जालीलाइ तानी हेर्दा नया नोरी देख्न सकिन्छ

画像の説明

काचो नोरी कस्तो होला ?

画像の説明

मिठै छ

画像の説明

नोरी बटुल्ने काम जाडो महिनामा बिहानै देखि गरिन्छ |

画像の説明

हामीले दैनिक उपभोग गर्ने नोरी कसरि बनाइदो रहेछ भनि हेर्दै हबी

तोमातो फामु एजिमा

कतिपयलाई थाहा नहुन पनि सक्छ सागाको गोलभेडाको बारेमा | यहाको सनरोड़ गोलभेडा टोक्योमा महंगोमा बिक्रि गरिन्छ | त्यहाँ पनि अवलोकन गरियो |

画像の説明

हाउस भित्र छिरे पछि अगसी देखिने रातो गोलभेडाको मगमग बस्न आउछ |गर्मिमा फाल्ने जात भएकोले तापक्रम पनि संयोजन गरिएको छ | हाल यहाँ भित्र ३६ डिग्री तापक्रम छ |

画像の説明

सनरोड़ गोलभेडा सुरुमा समुन्द्र भएको स्थानमा उत्पादन गरिएको छ| समुन्द्री मिनरल भरपुर भएको गोलभेडाको स्वाद नै बेग्लै छ |

画像の説明

आज बिशेष रुपमा यसको स्वाद चाख्न पाइयो | भित्र्याउने ठिक्क बेला भएको गोलभेडाको मिठो स्वाद भरपुर लिइयो |

画像の説明

रातो रातो पाकेको गोलभेडा र स्वादमा रमाउदै हबी !!

画像の説明

टोक्दा खेरि आउने रस!!

画像の説明

गुलियो गोलभेडा जति पनि खाब सकिने | शत प्रतिशत सन्तुस्ट भए म

हासी नो एकि दोरोंपा

画像の説明

हासी नो एकि दोरोंपा सागा स्टेसनबाट कारमा २० मिनेटमा पुग्न सकिन्छ | स्थानीय उत्पादन , कृषि सामग्री आदि बस्तुहरु बिक्रीमा राखिन्छ

画像の説明

पसल भित्र हस्तकलाको सामान हेर्दै हबी

画像の説明

अर्को गन्तव्य चै अरियन रामेन पसल |देख्दै डर लाग्ने डिजाइन भएको |वारस्पो भन्ने माछाको सुप प्रयोग वारस्पो भन्ने माछाको सुप प्रयोग गरिन्छ

画像の説明
वारस्पो

वारस्पो आरिआकेमापाइने एक माछा हो |हेर्दा चै एरिआन जस्तो देखिन्छ | वारस्पो यहाको चल्तीको पसल हो

画像の説明

आरिआकेको माछा, नोरी पनि किन्न पाइन्छ | हबिले पनि सागाको कोसेली किने

हासी नो एकि दोरोंपा

URL
http://www.sagabai.com/doronpa/main/
ठेगाना
〒840-2102 सागा सिटी मोरोतोमिच्यो तामेसिगे२१४-४
सम्पर्क
+८१ -९५२ -४७ -५२०९
खुल्ने समय
९:३०~१८:००
बिदा
१२/१~१/३
पार्किंग
प्रवेश शुल्क
नि:शुल्क

ग्रिन मार्केट हानाहाना

画像の説明

हानाहाना गार्डेनिङ्ग को पसल हो जहाँ रेस्टुरेन्ट पनि छ |अलि युनिकको छ |यो सिजन मा ओयस्टरको स्वाद लिनेको भिड लाग्छ

画像の説明

पसलको गेटबाट नै फूलको लहर देख्न सकिन्छ |

画像の説明

अन्य ग्राहक संग रम्दै !

画像の説明

画像の説明

जापानमा ओयस्टर समुन्द्रको दुध मानिन्छ | दुधमा झैँ भिटामिन हुने भएकोले

画像の説明

मलाइ पनि ओयस्टर ज्यादै मन पर्छ | आज पनि टन्नै खाए

画像の説明

एकै गाँसमा !

画像の説明

सागाको ओयस्टर अन्य भन्दा पुस्तिक तत्व धेरै हुन्छ

画像の説明

ग्रिन मार्केट हानाहाना

URL
http://hanahana.area9.jp/
ठेगाना
〒८४९ -०२०२ सागा सिटी कुबोताच्यो हिसातोमी३९८४-३
सम्पर्क
+८१-९५२ -५१ -३२३२
खुल्ने समय
■गार्डेनिङ्ग
९:००-17:००
■BBQ
※ओयस्टर नोवेम्बर- मार्च
सोम -बिहि ११:००-१७:००
शुक्र -आइत ११:००-२०:००
बिदा
बिहि
पार्किंग
प्रवेश
नि:शुल्क

चोकोकान

画像の説明

९० बर्ष पहिले स्थापना चोकोकान सागाको एतिहासिक संग्रहालय हो | समय अनुसार बिभिन्न प्रदशनी पनि हुन्छ |

画像の説明

यसपटक ठिक्क “हिना निङ्ग्योउ” को प्रदर्शनी रहेछ| “हिना निङ्ग्योउ” केटीहरुको सम्वृद्धि कामना गर्ने एक प्रतिकको रुपमा मानिन्छ |

画像の説明

यसले जापानीपन झल्काउछ |केटीको भए जस्तै केटाहरुको पनि यस्तै हुन्छ | त्यो चै मे ५ मा पर्दछ |

चोकोकान

URl
http://www.nabeshima.or.jp
ठेगाना
〒८४०-०८३१ सागा सिटीमाचुबारा २-५-२२
सम्पर्क
फोन:+८१-९५२-२३-४२००
email:info@nabeshima.or.jp
खुल्ने समय
बिदा
९:३०-१६:००
आइत・सार्वजनिक बिदाको दिन
पार्किंग
छैन
प्रवेश
३०० येन

जिन्ज्या

画像の説明
सागा जिन्ज्या

सागामा पहिले देखि दरबार थियो | यहाँ अर्को सागा जिन्ज्या पनि छ | यो अलि दुर्लभ किसिमको छ |यहाँ वरपर अन्य ८ वटा जिन्ज्या छन् | यी सबै घुम्दा भाग्य बलियो हुन्छ भन्ने विश्वास छ |

画像の説明
माचुबारा जिन्ज्या
画像の説明

दर्शन गर्नु अगाडी हात धुनु पर्छ | जापान जिन्ज्या लाइ पबित्र स्थान मानिन्छ |तन मन चोखो बनाएर दर्शन गरिन्छ |

画像の説明
画像の説明

घुम घाम रुट

画像の説明

घुम घाम रुटमा बिभिन्न कुरा हरु देख्न सकिन्छ | यसको लागि एक पटक चै यहाँ आउनै पर्छ |♪

画像の説明

※सम्पूर्ण जानकारीहरु २०१७डिसेम्बर २७ मा अपडेट गरिएका हुन्

この記事が気に入ったら いいね!しよう