यसपटक सागाको काराचुमा रहेको योबुको बजारमा आएको छु |योबुको बन्दरगाह अलिकति हिड्ने हो भने “आसाइची दोओरि” लेखिएको बोर्ड देखिन्छ |

画像の説明

बार अनुसार ५० देखि ७० वटा सम्म पसलहरु यहाँ भेला हुन्छन | नयाँ बर्ष बाहेक अन्य दिन संधै खुल्ने यो बजार ८० बर्ष लामो इतिहास बोकेको छ |

画像の説明

बोर्डको पछाडी पट्टि माछा मारेर फर्केका डुङ्गाहरु देख्न सकिन्छ | अनि समुन्द्र भित्र हेर्न सकिने ZEERA पनि रोकिएको थियो |

画像の説明
画像の説明

ZEERA उत्तरी क्युसुको पहिलो अर्ध पनडुब्बि जहाज हो | यसबाट समुन्द्र भित्र रहेका जीवहरु देख्न सकिन्छ |

योबुको भन्ने बित्तिकै इका

योबुको भन्ने बित्तिकै इकाको नाम आउछ | सुकाएको इका, सिओ इका, इचिया बोसी इका आदि | अनि सबै भन्दा प्रख्यात त जिउदै इका खाने

画像の説明
画像の説明

अहिले चर्चामा रहेको चै (इका तोन्बी) | एउटा इकामा एक टुक्रा मात्र पाइन्छ |

त्यो बाहेक पनि उनि, साजाए जातका माछा पनि प्रशस्त पाइन्छन |

画像の説明
画像の説明

बिहान सबैरै मारेका ताजा माछाको स्वाद नै बेग्लै हुन्छ |बिभिन्न माछा पाइन्छन,खाने तरिका पनि फरक फरक हुन्छ |

पसल अनुसार बनाउने तरिका पनि फरक फरक !

画像の説明

हामी ९ बजे तिर पुग्दा धेरै चहल पहल थियो | केहि पसल चै सबै बिक्रि भएर बन्द गर्ने तरखरमा थिए |

画像の説明
画像の説明

आ-आफ्नो तरिकाले बनाइएका माछाहरु वरिपरि सुकाइएका छन् |

画像の説明

ताजा माछा हरुले भरिएको बजार निकै चहल पहल हुन्छ |

जापानको तीन ठूलो हाटबजार मध्येके एक “योबुको हाटबजार”
काराचु आउनु भएमा यहाँ आउँ नभुल्नु होला |

योबुको आसाइची

ठेगाना
〒८४७-०३०३ सागा केन काराचु सी ओजा योबुको आसाइची दोओरि
खुल्ने समय
७:३०~१२:०० (पसल अनुसार फरक पर्छ)
बिदा
नयाबर्ष
सम्पर्क
काराचु सी योबुको सामुहिक केन्द्र
फोन :०९५५-५३-७१६५७
आउने तरिका
JR काराचु स्टेसन बाट ट्याक्सीमा ३० मिनेट
नागासाकी हाइ वे ताकु बाट कारमा ६० मिनेट

この記事が気に入ったら いいね!しよう