के तपाईंहरुलाई AGEको बारेमा थाहा छ ?अंग्रेजीकोAdvanced Glycation End Products बाट लिइएको हो |यो मानिसमा बुढ्यौलीपन ल्याउने एक प्रमुख तत्व हो |आज、AGEको अनुसन्धान गर्ने संसारमै पहिलो व्यक्ति प्राध्यापक यामामोतोको मा जादैछु |

AGE?
हाम्रो शरीरको हड्डी र रक्तनली यिनै कोलागेन र प्रोटिनले सुरक्षित राखेका हुन्छन |

त्यो प्रोटिनमा चिनीको मात्रा बढ्दै गएमा कार्यमा गिरावट आउछ |अन्त्यमा चिनी नै चिनीले ढाकिएर काम नलाग्ने भएको प्रोटिनलाइ AGEभनिन्छ |
AGEको खतरा
यामामोतो सरले AGEबनेको प्रोटिन पनि देखाइदिनु भयो |

AGEबनेको प्रोटिन खैरो रंगमा परिवर्तन भएको छ | यो देखेर An An पनि छक्क परिन |

AGEले प्रोटिनलाइ मात्र नभई छालामा भएको कोलागेन र हाडलाइ पनि परिवर्तन गराइ दिन्छ |यो चाउरीपनाको कारक तत्व पनि हो |

AGE बुड्ढौलीपना बाहेक अन्य रोगको कारक पनि हो |

एकदिनमा कती AGE सम्म लिदा हुन्छ ?
एकदिनमा लगभग 15.000exAGE सम्म ठिक मानिन्छ |「exAGEह्यान्डबुक」 भन्ने किताबमा दैनिक खानामा लिनुपर्ने AGEको बारेमा लेखिएको छ |


जस्तै स्पागेटीमा27,033exAGE、सरोइन स्टिकमा26,843exAGE、पिजामा 21,783exAGE、करीमा 17,337exAGE,यसरी हेर्दा हामीले आबस्यक भन्दा बढी AGEलिइरहेको कुरा बुझ्न सकिन्छ |बढी तेलको प्रयोग गरि बनाइएका खानामा AGEको मात्र बढी हुन्छ |त्यसैले सुसी, उदोनमा तुलनात्मक रुपमा AGEको मात्र कम हुन्छ |

सुसी (१ वटा)=85exAGE、सासिमी एकप्लेट=2,143exAGE、उदोन=71exAGE、सोबा=106exAGE。
AGEलाइ घटाउनको लागि ……
यहाँ चै शरीरमा AGEको मात्रा घटाउने तरिका बताउछु |
①भिनेगर प्रयोग गरि खाना बनाउने |
②उच्च तापमा लामो समय नपकाउने
③ओभनको प्रयोग कम गर्ने
④AGEलाइ रोक्ने खाना खाने

AGEलाइ रोक्ने खानामा प्याज, ब्रोकाउली ,च्याउ, ब्लु बेरी ,स्ट्रबेरी आदि छन् |यस मध्ये ब्रोकाउलीमा हुने Sulforaphane、प्याजमा हुने Quercetinले AGEको मात्रा घटाउन मद्दत गर्छ |Broccoli Super Sproutसबै भन्दा बढी लाभदायक हुन्छ ब्रोकाउलीको २० गुणा बढी Sulforaphane हुन्छ |

अझ यामामोतो सरले त Sulforaphane र Quercetinमिलाएर、सिनार्जिले घटाउने नया तत्व SQ2 पनि आविस्कार गर्नु भएको छ |

यसबाहेक SQ2को संयोजनबाट सप्लिमेन्ट, सौन्दर्य सामग्री पनि निकाल्नु भएको छ |


AGEको डरलाग्दो पक्षको बारेमा थाहा पाउनुभयो ? चाउरीपना रोक्न युवा अवस्था देखि नै ख्याल गर्नु जरुरि छ | तपाइँ पनि आजै देखि दैनिक खानपानमा ध्यान दिनुहोला |
AGEअध्ययन संस्थान
गृहपृष्ठ |
---|
http://reage.jp/ |
सम्पर्क |
pro@reage.jp |
この記事が気に入ったら いいね!しよう