kinmokusei01

फुकुओकाको केन्द्रबिन्दु तेन्जिनबाट सववे मार्फ़त ५ मिनेटमा पुग्न सकिने निशिजिन बजार |३५० बर्ष अगाडीबाट चल्दै आएको यो क्षेत्रमा, पुराना पसल, पहिलेको समयको स्मरण गराउने वातावरणको महशुस गैर्न सक्नु हुनेछ |यस पटक यहाँ भेटिएका महत्वपूर्ण ठाउँहरू देखाउने छौं |♪

Horaku Manju

kinmokusei01

यहाँको छुटाउनै नहुनेमा ५० बर्ष भन्दा पनि पहिले देखि संचालित मिठाई पसल हो Horaku Manju

यहाँ मेन्यू「कालो」कि「सेतो」मात्र छ| अर्थात सिमीको पेस्टलाइ(sweet red bean paste)अथवा (sweet navy bean paste)बनाउने भन्ने कुरा हो |गर्मीमा आइस जाडोमा सुप को मेन्यू पनि उपलब्ध छ|

kinmokusei02

Horaku Manju फुकुओका निशिजिन

गृह पृष्ठ
http://www.houraku.co.jp/tenpo-list/fu-fu.html#%E7%A6%8F%E5%B2%A1%E6%9C%AC%E5%BA%97
ठेगाना
〒८१४-०००२ फुकुओका सिटी सावरा कु निशिजिन ४-९-१८-१
सम्पर्क
++८१-९२-८२२-५५९९
खुल्ला रहने समय
बिहान १०~साँझ ७
बिदा
प्रत्येक मंगलबार
आउने तरीका
सव वे「निशिजिन स्टेसन」पैदल २ मिनेट

MOOK

साँघुरो गल्लीको कुनामा लुकेको पुराना किताबको पसल MOOK

kinmokusei03

MOOK पुराना पुस्तक पसल, ग्यालरी हो | यहाँ राम्रा र गुणस्तरीय पुस्तक, फिल्म, संगीतबाट मनोरंजन लिन सक्नुहुनेछ |

kinmokusei04
kinmokusei04
kinmokusei04
kinmokusei04

पसल भित्र खानपिन मात्र नभई दिउसो भए एक निन्द्रा सुत्न पनि पाईन्छ |
एक कुनामा ठुलो सोफा छ, त्यसमा बसी आनंदले आफुलाई मन पर्ने किताब छानी छानी पढ़न सक्नुहुनेछ |

kinmokusei04

Mook

URL
http://hold-a-join-mook.tumblr.com/
ठेगाना
〒८१४-०००२ फुकुओका सिटी सावरा कु ५-६-५
आउने तरीका
सव वे「निशिजिन स्टेसन」पैदल २ मिनेट
खुल्ला रहने समय
१०:००〜२०:००
बिदा
अनियमित

ichigo-ichie

kinmokusei04

पुनःनिर्माण गरीएको घरको दोस्रो तल्लामा रहेको छ पुराना लुगाको पसल「ichigo-ichie?」|साहू आफैले छानेको आकर्षक कपड़ाहरू मिलाएर राखिएको छ |

kinmokusei04
kinmokusei04

साधारण देखि दुर्लभ सामान सम्म पाइन्छ |हेर्दा मात्रै पनि उत्साहित हुने सामानले भरिएको छ |「ichigo-ichie?」(एक पलमा एक पटक मात्रै भेट हुने महत्वपूर्ण अवसर)」नाम अनुसार साहू पनि हरेक मानिस संगको भेटलाई महत्व दिन्छन |♪

ichigo-ichie

URL
http://ichigoichie.ciao.jp/
ठेगाना
〒८१४-०००२ फुकुओका सिटी सावरा कु ५-६-५-२F६
सम्पर्क
+८१-९२-८४३-२२००
खुल्ला रहने समय
11:00~20:00
बिदा
अनियमित

Bio Warn

kinmokusei04

यतिका बेर घूमे पछि भोक पनि त लागेकै होला, त्यस्तो बेलामा नजिकै रहेको छ Bio Warn |पुराना र आकर्षक डिज़ाइनका फर्नीचरले सजिएको यहाँ स्थानीय उत्पादनका सागसब्जी बाट खाना बनाईन्छ |

kinmokusei04

लंच ९८० येन बाट पाइन्छ | भेज, नन भेज आनी डिनरमा चै अल्कोहल पनि हुन्छ |

kinmokusei04
kinmokusei04

Bio Warn

URL
https://www.facebook.com/%E3%83%93%E3%82%AA-%E3%83%AF%E3%83%AB%E3%83%B3-547078445440303/
ठेगाना
〒८१४-००११ फुकुओका सिटी सावरा कु ताकातोरी१-१-१९ सातो बिल्डिंग
आउने तरीका
सव वे「फुजीसाकी स्टेसन」पैदल २ मिनेट
सम्पर्क
+८१-९२-८२१-९९९५
खुल्ला रहने समय
【शुक्र.शनि.सार्वजनिक बिदाको अघिल्लो दिन】११:००~२३:३०
【सोम~बिहि.आइत】११:००~२३:००
बिदा
अनियमित

अरु पनि निशिजिनमा पुराना पसलहरु धेरै छन |

kinmokusei04
kinmokusei04
यस्तो घर पनि भेटियो
kinmokusei04

पसलको मान्छे संग कुराकानी गर्दा अझै बढ़ी निशिजिनको कुरा थाहा पाइन्छ |

kinmokusei04

निशिजिनको बारेमा देखौं अझै थुप्रै बांकी छन |
फुकुओका आउनु भएको बेलामा यहाँ पनि एक पटक आउनु होला |

※सम्पूर्ण जानकारीहरु २०१६डिसेम्बर १९ मा अपडेट गरिएका हुन्|

この記事が気に入ったら いいね!しよう

सम्बन्धित लेख

fukuokahana03
फूल हेर्नको लागि फ़ुकुओकाको केहि प्रमुख स्थल
dagashi
एक शतक पुरानो जापानिज चकलेटको पसल
keurig
नेको(बिरालो) क्याफे केउरिग – म्याउ म्याउ म्याउ ~
yanagi1
यानागी बासी बजार
book01
(सुत्न र आराम गर्न मिल्ने “अचम्मको” पुस्तक पसल) ! BOOK AND BED TOKYO फ
nakasujazz01
नाकासु ज्याज २०१५
tower1
गगनचुम्बी फ़ुकुओका टावर र तानाबाता महोत्सव
hanko01
छाप 「हान्को」
photo-1467484493894-3f362eca2299
जापानमा भ्रमणको लागि सरल र उपयोगी शब्दहरु♪
hayakaken
फ़ुकुओकामा बस भाडा तिर्न र किनमेल गर्न IC Card (हायाकाकेन) ले सहज बनाउ

सम्बन्धित लेख