IMG_9135 (Priime Bushwick)

जापानी फूल भन्ने बित्तिकै साकुराको नाम लिने धेरै भेटिन्छन | बास्तवमा, साकुरा फुल्नु भन्दा अगाडी जापान नै रंगिन बनाउने अर्को एउटा फूल छ | त्यो हो “उमे” | बसन्त ऋतुको आगमन मानिने फेब्रुवरी महिनाको मध्यमा यो फूल फुल्दछ |

IMG_9212 (Priime Lofoten)

उमेको फूल फुल्ने समय मौसम राम्रो भएमा जनवरी मध्यबाट सुरु भइ फेब्रुवरी मध्यमा हेर्न लायक हुन्छ |

IMG_0054 (Priime Crystal)

फूलको रंग सेतो, गुलाबी, रातोको सम्मिश्रण भएको साकुरा भन्दा फरक मिठो बास्ना बास्ना आउछ|साकुरा जस्तै यसको पनि प्रकार धेरै हुन्छन | उमेको फूल धेरै जसो ५ पत्रका भइ सेतो बाट हलीका गुलाबी रंगको हुन्छ | ५ पत्र भन्दा बढी भएको याएउमे(八重梅) , हाँगा लत्रिएको सिदारेउमे (枝垂れ梅) छन् |

IMG_9157 (Priime Lofoten)

फूलको शब्दकोश(花言葉- हानाकोतोबा)मा उमेको अर्थ इमान्दारिता, सुन्दरता र दिर्घायु अनि प्रतिज्ञा पुरा गर्नु रहेको छ |अन्य एसियाको संस्कृतिमा पनि यस्तै अर्थ रहेछ |उमेको फूल फ़ुकुओका प्रिफेक्चरको प्रतिकको रुपमा पनि रहेको छ |प्रिफेक्चरको झन्डामा नीलो पृष्ठभूमिमा सेतो उमेको फूल कोरिएको छ |

IMG_9151 (Priime Flurry)

फुकुओका र वरपरको क्षेत्रमा उमे सम्बन्धि कार्यक्रम पनि आयोजना भईरहेका छन् | बृस्तृत जानकारीको लागि 、Feel Fukuoka Japanको Facabook र Twitterमा मेसेज गर्नु होला

फ़ुकुओकामा उमे फुल्ने प्रमुख स्थान

・दाज़ैफु तेन्मानगु(太宰府天満宮)
・माइजुरु कोएन(舞鶴公園)ओहोरी कोएन नजिक साकुराको लागि पनि प्रख्यात छ |
・कोफुजी बाइरिन (小富士梅林)सुन्दर उमेको फूलका साथमा इतोसिमाको सुन्दर तट पनि अवलोकन गर्न सकिन्छ |

この記事が気に入ったら いいね!しよう