के हो त अन्तर्राष्ट्रिय शेयर हाउस?

यो शेयर हाउसमा बस्नको लागि प्रक्रिया सजिलो छ अनि ग्यारेण्टर पनि डिपोजिट पनि आबस्यक पर्दैन | इन्टरनेट, फर्निचर, लगायत कोठामा आवस्यक सम्पूर्ण सामानहरु पनि जडित छन| कोठाभाडा १५ हजार येन देखि ५० हजार येन सम्म पर्छ |पानी,बिजुली अनि WiFiको १० हजार थप तिर्नु पर्छ|

२०१६.७.१ मा फुकुओकाको मेइनोहामामा खोलिएको शेयर हाउस「मेइनोहामा अन्तराष्ट्रिय शेयर हाउस」हेर्न गएँ |

★बार, डार्ट मेसिन, थिएटर हल, गेम हल, योगरुम आदि छन् | भाषा नबुझे पनि प्रयोग गर्न सकिने सुबिधाहरु छन् |
★हरेक महिना पार्टीको आयोजना
★जापानीको लागि हप्तामा दुइ दिन अंग्रेजी भाषा प्रशिक्षण
★अन्य सुबिधाहरुपनि छन्

बिभिन्न देशका मानिसहरु बसोबास गर्ने भएकोले साथीहरु बनाउन एक अर्काको देशको संस्कृति सिक्ने राम्रो अवसर मिल्ने ठाउँ बनेको छ |

यति छोटो समयमा、
अमेरिका २
क्यानाडा १
बेलायत १
इटाली १
अस्ट्रेलिया २
फिलिपिन ४
भारत १
नेपाल१
ताइवान १
कोरिया ४
जापान १५
गरि ३३ जना बस्दै एक छन् | (बिदेशी ५५%)

जापानीको लागि चै जापान मै बसेर बिदेशमा अध्ययन गरेको अनुभव लिन सकिने अवसर हो | जापानी साथी बनाउन चाहने बिदेशी अनि बिदेशी साथी बनाउन चाहने जापानीलाइ स्वागत छ |

मेइनो हामा अन्तराष्ट्रिय शेयर हाउस

画像の説明 भवनको बाहिरी भाग

भवनको बाहिरी भाग स्टाइलिश र शान्त वाताबरण रहेको छ | जापानमा कोठा भाडामा लिनु परेमा अनिवार्य ग्यारेण्टर चाहिन्छ |तर यहाँ चाही बिदेशीको लागि पनि बिना ग्यारेण्टर र डिपोजिट कोठा पाइन्छ | फर्निचर लगायत अन्य कोठाको लागि आवस्यक सामानहरु पनि जडित भएकोले जापान आउने बित्तिकै बस्न पनि सकिन्छ | अंग्रेजी जान्ने स्टाफ पनि भएकोले अप्ठेरो परेको बेलामा मद्दत लिन सकिन्छ |

画像の説明
मेइनो हामा स्टेसन

शेयर हाउस मेइनो हामा स्टेसन बाट पैदल १५ मिनेट जतिको दुरीमा छ | मेइनो हामा बाट फ़ुकुओकाको केन्द्र सम्म ट्रेनमा १३ मिनेट लाग्दछ |फ़ुकुओका साघुरो शहर भएकोले नजिकै समुन्द्र पनि पहाड पनि भेट्न सकिन्छ | अनि British Monocle magazineले त संसारमा बसोबासको लागि उत्कृष्ट शहरको सुचिमा टोक्यो पछि ७ न मा समेत राखेको छ

अब चै कौतुहलताको कोठा र भाडाको बारेमा

画像の説明 सिंगल रुम

सर्वप्रथम सिंगल रुम १८ वटा छन् जसको भाडा ५० हजार ! यो कोठामा मेच,टेबल,खाट,फ्रिज, दराज अनि पर्दा समेतको व्यवस्था भएको (फर्निचर सहित) र (फर्निचर रहित) कोठाको उपलब्ध छ |फ़ुकुओकामा बिना ग्यारेण्टर र दिपोजित्को कोठा ५० मा भेट्न कठिन छ |

画像の説明
डबल रुम

यो चै दुइ जनाको लागि | भाडा ३० हजार | दराज फ्रिज पनि २/२ वटा छन् | यस्तो कोठा १२ वटा छन् |

画像の説明
समुहको लागि

यसमा १० जना बस्न सकिन्छ, भाडा पनि १५ हजार छ | यतिको भाडामा पाउन अलि कठिन नै हुन्छ | घुम्न आउने अनि कामको शिल-शिलामा छोटो बसाइ गर्नेको लागि उपयुक्त हुन्छ |१ महिना मात्र पनि बस्न सकिन्छ |

画像の説明
किचेन

काठ प्रयोग गरिएको किचेन अलि स्टाइलिश छ | साथी सँग मिलेर खाना बनाउन, खान मिल्नु शेयर हाउसको राम्रो पक्ष हो |

画像の説明
लन्ड्रि

प्रत्येक तलामा वाशिंग मेशिन र आइरन पनि छ |

मेइनो हामा अन्तर्राष्ट्रिय शेयर हाउसको सबल पक्ष !

画像の説明
सामुदायिक स्थल

हेर्नुस त यस्तो राम्रो र फराकिलो ठाउँ पनि छ | साथीहरु सँग रमाइलो गर्दै इन्डोर गेम खेल्न पनि सकिन्छ |

画像の説明
डार्टस बार

सामुदायिक स्थलको संगै डार्टस अनि छेउमा बार पनि छ | कहिलेकाही एक्लै भएपनि पिउन हुन्छ | बेला बेलामा पार्टी पनि भइ मान्छेहरु जम्मा हुदा त एकदमै रमाइलो हुन्छ |

画像の説明
थिएटर रुम

ठुलो प्रोजेक्टर र स्पिकर जडित थिएटर रुममा आनन्द सँग फिल्मको मनोरंजन लिन पनि सकिन्छ |

画像の説明
गेम रुम

चेस, पोकर खेल्न मिल्ने कोठा पनि छ | साथी बनाउने,अंग्रेजी सिक्नलाइ एकदम उचित हुन्छ |

画像の説明
योगारुम

योगारुम सम्म पनि छ | आकर्षक शरीरको लागि ब्यायाम गर्न सजिलो अनि बिदेशी भाषा सिक्ने र स्वस्थ शरीर बनाउनको लागि प्रयोग गर्न सकिन्छ |

画像の説明
बोल्डरिङ

एक भागको पर्खालमा बोल्डरिङ छ | जहाँ चै च्लिम्बिंग गरेको अनुभव लिन सकिन्छ |

महिनामा एक पटक पार्टी पनि आयोजना गरिन्छ |

画像の説明
पार्टीको रौनक

यो दिनमा पहिलो पार्टीको आयोजना गरियो |

画像の説明
सामुहिक तस्विर

पार्टी सुरु हुनु अघि आयोजक पहिलो पार्टी भएकोले गर्दा पनि धेरै रोमान्चक भयो | केहि तस्विरहरु

画像の説明
DJ

पार्टीको सुरुवात संगै शेयर हाउसको माहोल डिस्को क्लब जस्तै भयो | थरिथरिका संगीत संगै पहिलो पटक भेट भएका मानिसहरु पनि एक अर्का सँग परिचय गर्दै नया साथी बन्दै |

हास्य कथा वाचन

हास्य कथा वाचक सान्स्यो नाकामुराको यो भिडियो हेर्नुस त !४०० बर्ष पहिले देखि चलिआएको जापानको परम्परागत कला राकुगो(हास्य कथा )अंग्रेजीमा वाचन गर्दै छन् |यो पनि सबैको रोजाइमा परेको छ ||

画像の説明
जापानी तरबार

दुइ सुन्दरीको बिचमा तरबारको प्रदर्शनी गर्दै | आजकल जापानीले पनि देख्ने अवसर कमै भएको प्रदर्शनी भएकोले सबै जना ध्यान दिएर हेर्दै छन् |जापानी संस्कृति मन पराउनेहरु आफु पनि तरबार खेलाउदै, फोटो खिच्दै थिए |

画像の説明
नृत्य

रोबर्ट जस्तै गरि नृत्य कला देखाउने पनि थिए | यसले कार्यक्रमलाई अझै आकर्षक बनायो |यो देखेर धेरै मानिस अचम्म मानी हेर्दै थिए |

सहभागीहरु एक अर्का सँग परिचय गर्दै, कुराकानी गर्दै एकदमै रमाइलो पार्टी बन्यो |

फ़ुकुओका हाकाता शेयर हाउसमा बस्ने केहि बिदेशी सँगको गफगाफ

शेयर हाउसको बोस उचिनो जी सँग पनि कुराकानी गरे | उहाले भन्नु भयो “विदेशीलाई जापानमा बसोबास गर्न झन्झटिलो प्रक्रिया, भाषाको समस्या बाट मुक्त हुन् यस्तो शेयर हाउस भएमा धेरै राम्रो हुने थियो |”

फ़ुकुओकामा बसाइ सर्न चाहने बिदेशी अनि अंग्रेजी सिक्न चाहनेलाइ यो राम्रो स्थल हो |सजिलो सँग बासको प्रबन्ध गर्न सकिने, यातायात को दृस्टीकोणमा पनि सुबिधा |

मेइनो हामा अन्तर्राष्ट्रिय शेयर हाउस

गृह पृष्ठ
http://irodorifactory.com/meinohama/
ठेगाना
〒८१९-००५२ फ़ुकुओका निशी कु सिमोयामातो१-२२-१८
सम्पर्क
सम्पर्क फर्म
आउने तरिका
मेइनो हामा स्टेसन बाट पैदल १५ मिनेट

この記事が気に入ったら いいね!しよう