तपाइहरु जापानी खाना भन्दा के सम्झनु हुन्छ ? सुसी? रामेन?
यी लगायत जापानमा प्रचलित अर्को खाना हो「तेइस्योकु」

画像の説明

तेइस्योकु जापानी खानाको एक स्टाइल हो |फ्राई,ग्रिल गरिएका परिकार अनि भात, मिसो सुप आदिको सेट नै तेइस्योकु हो | नेपालमा खाना सेट भने जस्तै हो |

画像の説明
चिकेन नान्वान सेट

इच्छा अनुसारको खाना छान्न सकिने भेराइटी तेइस्योकु मेन्यु |

画像の説明
मेन्ची काचु तेइस्योकु

तेइस्योकु पनि बिभिन्न प्रकारका छन् | प्रमुख चाही 「हाम्बागु」「काराआगे」「तोंकाचु」आदि हुन्छन सलाद, निकुज्यागा, लगायतक परिकार छान्न सकिन्छ |जापानीको दैनिक भान्छामा पाक्ने परिकारहरु पनि छन् |

画像の説明
काराआगे तेइस्योकु

अचम्मको कुरा चै प्राय जसो खाना सेट ५००~१००० येन सम्ममा खान पाइन्छ | खाना पनि थपेर खान पाइन्छ |♪

यसरि मिलाएर राख्नुको अर्थ पनि छ |

तेइस्योकु सेटमा पौष्टिस्क तत्वहरु पनि भरपुर हुने भएकोले स्वास्थको लागि पनि राम्रो हुन्छ | यो सेटमा सुप, हरियो साग मिलाइएको हुन्छ |दिने बेलामा भाँडा राख्ने तरिका पनि तोकिएको हुन्छ |

画像の説明

पहिला चोपेस्टिक सबैभन्दा अगाडी राख्ने, टुप्पो लाइ बाया पट्टि फर्काएर राख्ने | मुखमा प्रयोग गरिने चोपेष्टिकको टुप्पो अरुलाई देखाउन हुदैन भन्ने मान्यता भएको कारणले हो |

भातलाइ बायाँ, किनभने बायाँ हातमा बोकेर दायाँ हातले खाने गरिन्छ | मिसो सुप लाइ दायाँ राखिन्छ |अनि तरकारीलाइ छेउमा राखिन्छ |अनि सलाद,अचारलाइ बिचमा राखिन्छ | लगभग सबै रेस्टुरेन्टमा यसरि नै मिलाएर राखिन्छ | खाने तरिका समात्ने तरिका बारेमा कुनै कडाइ भने छैन | त्यसैले बिना चिन्ता खान सक्नुहुनेछ |

जापान एउटै कम्पनीका धेरै रेस्टुरेन्टहरु छन | त्यस मध्ये विदेश शाखा भएकाहरु पनि छन् |केहिलाइ त थाहा पनि होला |मेन्यु पनि धेरै , एक्लै भए पनि खान अप्ठेरो नहुने | तपाई पनि एक पटक यहाँको स्वाद लिन नभुल्नुहोला है |♪

जापानको प्रतिनिधित्व गर्ने रेस्टुरेन्ट

YAYOI KAN
http://www.yayoiken.com
http://www.yayoiken.com/en(English)
http://www.yayoiken.com/ch(Chinese)

OOTOYA
https://www.ootoya.com
http://ootoya.us(NY)
http://www.ootoya.co.th(Thailand)
http://www.ootoya.com.tw(Taiwan)
https://www.facebook.com/Ootoya.HK(Hongkong)
https://www.facebook.com/OotoyaSG(Singapore)
https://www.facebook.com/Ootoya.vn(Vietnam)

この記事が気に入ったら いいね!しよう