जापानमा “ओ चुकीमी” भनिने पर्व रहेको छ । जुन् शरद ऋतुमा आयोजित गरिन्छ । 「お月見」 “ओ चुकीमी” (चाही चन्द्रमा हेर्ने) भन्ने अर्थ बुझिन्छ यो पूर्णेको दिन पर्छ ।「十五夜」(ज्यु गोया ) भनेर बुझिने पुरानो चन्द्र पात्रोको अगस्ट १५ यानिकी हालको (सेप्टेम्बर १५) पुर्णिमाको दिन प्रारम्भ गरिन्छ । यस दिन “सुसुकी” नाम गरेको घास घरमा सजाउनुको साथै चन्द्रमा हेरी「月見団子」”चुकिमी दांगो” भनिने लड्डु खाने प्रथा रहेको छ।

画像の説明

“ओ चुकिमी” मनाउने कारण चाहि ?

“ओ चुकीमी”चाही (राम्रो फसलको अथव वालीको धन्यवाद स्वरूप) अर्थमा राखिएको छ । शरद ऋतुमा वली काट्ने मौसमको साथै यो समयमा चन्द्रमा पनि वर्षभरिको एक सुन्दर देखिन्छ । चन्द्रमा लाई, वर्षभरिको फसलको अथवा वाली काट्ने जस्ता धन्यवाद स्वरूप पूजा गर्न यो उत्तम समय रहेको छ ।

पौराणिक दिनहरुमा, “ओ चुकीमी” को दिन सकरखण्ड र गेडागुडी लगाएतका वस्तुहरु, र यस समएमा टिपिएको तरकारीहरु चन्द्रमा लाई चडाउने गरिनथियो । बिस्तारै बिस्तारै, जापानीहरूले यो एक विशेष खानाको रूपमा लिन थाल्यो । चामलको प्रयोग गरि बनाइएको चन्द्रमा जस्तै गोलाकार खानेकुरा हो । जुन् (団子) “दांगो” भनिन्छ र यो प्रदान गर्ने प्रचलनको बिकास भएको मनीन्छ ।

画像の説明

साथै , सुसुकी सजाउनुको पनि अर्थ रहेको छ ।

अघि उल्लेक गरिएको अनुसार, जापानीहरूको चामल चाही विशेष खानाको रूपमा रहेको छ । तेसै गरी, धाँन र “सुसुकी” भन्ने घास चाही उस्तै देखिन्छ । “ओ चुकीमी” को समएमा धाँन नपाउने भएकाले भगवान लाई धाँनको सट्टामा धाँन जस्तै “सुसुकी” घास धन्यवाद स्वरूप चडाउने गरिन्छ ।

画像の説明

चुकिमी दांगो बनाएर हेरम है !

त्यसो भए, “ओ चुकीमी”को समाए खाने चुकिमी दांगो सजिलै सग बनाउने सकिन्छ । पानि र चामलको पिठो (“もち粉र sweet rice flower”) लाई मुछेर गोलाकार आकारमा पानीमा उसिने मात्र पुग्छ । (dango recipe) भनेर नेटमा खोज्नु भयो भने सम्पूर्ण पकाउने विधि भेटाउनु हुनेछ । यदि तपाईं रुचि राख्नुहुन्छ भने यसलाई बनाउनु प्रयास गर्नुहोस् ।

खानेकुराहरुमा पनि (चुकिमी) ?

जापानमा चाही (चुकिमी उदोंन) (चुकिमी बर्गर) जस्ता (चुकिमी) को नामले चिनिने बिभिन्न प्रकारका खानेकुराहरु रहेको छ ।

यस अवस्थामा, (चुकुमी ) चाही अण्डाको अर्थमा बुझिन्छव । गोलाकार आकारको चन्द्रमाको ज्योतिझैँ पूर्ण चन्द्र भएकोले , अण्डा हालिएका “उदोंन”,“सोबा” तथा “बर्गर” लगाएतका खानेकुराहरुलाई (चुकिमी…) नाम हुन गएको हो । यस अर्थमा जापानको “चुकिमी” चाही एक सास्कृतिको रूपमा प्रवेश भएको प्रमाणित हुन्छ ।

हजुरहरुलाई कस्तो लाग्यो ?
शरद ऋतुमा जापान अहउनु भएमा, आवस्य (お月見) “ओ चुकीमी” को आनन्द लिनुहोस् ।

この記事が気に入ったら いいね!しよう