画像の説明

यो हारुयोसिमा रहेको हाकाताको एक प्रमुख बजार 「यानागी बासी बजार」हो | १०० बर्ष लामो इतिहास बोकेको यो बजार, स्थानीयहरुको प्रिय बनेको छ| आजकल धेरै पर्यटकहरु आउने पर्यटकीय स्थल बनेको छ |

画像の説明

यो मुख्य प्रवेशद्वार हो |यस बजारमा ताजा तरकारी, माछा,मासु जापानी मिठाइहरु किन्न सकिन्छ |

画像の説明
画像の説明

ताजा माछा अनि हाकाताको बिशेष खानेकुरा मेन्ताइको पनि छ | सुपरमार्केट तिर नपाइने सामान अनि सस्तो पनि पाइन्छ यहाँ |

画像の説明

ह्वेलको मासु पनि पाइन्छ |

画像の説明

कामाबोको(माछाको परिकार)को पसलमा धेरै किसिमका मेन्यु छन् | मन परेको किन्ने अनि खादै बजार घुम्न पनि सकिन्छ |

画像の説明
画像の説明

बजारको बीच तिर पुरानो मिठाईको पसल ताको स्योगेचु छ |यहाँ तपाइँ जापानी स्टाइलको मिठाईहरु खान सक्नु हुन्छ |

☆यो चिन्ह भएको ठाउँ ताको स्योगेचुको पसल हो |
画像の説明

माछाको बिभिन्न परिकारहरु खान सकिने「यानागी बासी स्योकुदो」६० बर्ष लामो इतिहास बोकेको भोजनालय हो |

画像の説明

यहाको खुबै चलेको खाना काइसेन दोन हो |काइसेन दोन पनि धेरै प्रकारका छन् |यो बाहेक फ्राई माछा, सासिमी पनि छ |

☆यो चिन्ह भएको ठाउँ यानागी बासी स्योकुदो हो。
画像の説明

पुर्बी प्रवेशद्वारमा छ | पनि पाइने स्टाइलिश क्याफे हो यो |हेर्ने मात्र नभई मिठो कफी को स्वाद लिन सकिन्छ | किनमेल सकेपछि १ कप पिएर जान सकिन्छ |

☆यो चिन्ह भएको ठाउँ manu coffee स्योकुदो हो|
画像の説明

बजारको एक छेउमा बिश्राम स्थल छ |

画像の説明

पुरानो समयको आभास हुने यानागी बासी बजारमा अवस्य पनि एकपटक जानुहोला ♪

यानागी बासी बजार

गृह पृष्ठ
http://www.yanagibashi-rengo.com/
स्थान
〒८१०-०००३ फ़ुकुओका च्युओ कु हारुयोसी १-५-१
फोन नम्बर
०९२(७६१)५७१७
खुल्ने समय
८:०० ~१८:०० (पसल अनुसार फरक पर्छ)
बन्द रहने दिन
आइतबार र सार्वजनिक बिदा दिन
आउने तरिका
निशितेचु बस
・तेन्जिन कोआ बाट हाकाता जानेमा यानागी बासी झर्ने (भाडा १०० येन)
・हाकाता बाट यानागी बासी हुदै जाने मा चढ्ने (भाडा १०० येन)

この記事が気に入ったら いいね!しよう