画像の説明

फ़ुकुओकाको नाम चलेको पर्यटकीय स्थल फ़ुकुओका टावर

मोमोचिमा रहेको यस टावर, समुन्द्री तटमा रहेको टावर मध्ये सबै भन्दा अग्लो टावर हो | २३४ मि अग्लो यस टावर जापानको स्काइ टावर , टोक्यो टावर पछि को तेस्रो अग्लो टावरमा पर्दछ | सन् १९८९ मा निर्मित यो टावर फ़ुकुओकाको प्रतिकको रुपमा रहेको छ |

画像の説明

लिफ्टमा गाइडले यो टावरको बारेमा भनेको सुन्दै बाहिरको मनमोहक दृश्य हेर्दै एकैछिनमा १२३मि को उचाइमा पुगिन्छ |त्यो पनि ७० सेकेन्डमा |

विदेशीलाई पनि ध्यानमा राखी जापानिज, चिनिया, कोरियन अंग्रेजी ४ वटा भाषामा छ |

画像の説明

१२३ मि अग्लो टावरको अवलोकन कक्ष फ़ुकुओका शहर हेर्न सकिन्छ |३६० डिग्री कोणबाट अवलोकन गर्न सकिन्छ |

画像の説明

दिनमा समुन्द्र किनारमा फैलिएको प्राकृतिक सुन्दरता हेर्न सकिन्छ |

画像の説明

अनि रातमा चै सुन्दर झिलिमिली हेर्न सकिन्छ |फ़ुकुओका टावरमा मात्र हेर्न सकिने सुन्दर दृस्यहरु अवस्य पनि अवलोकन गर्नु होला |

画像の説明
画像の説明

दृश्यावलोकन बाहेक भबिष्यवाणी, फ़ुकुओका टावरको चिनो लगायत अन्य आकर्षक कुराहरु पनि छन् |(हरेकको १०० येन)

画像の説明

फ़ुकुओका टावर प्रेमीहरुको पवित्र स्थल पनि मानिन्छ |

कहिले पनि नछुट्टिने वाचा गर्दै बारमा 「ताल्चा」लगाईन्छ |ताल्चा चै पहिलो तल्लामा रहेको टिकट काउन्टर बाट किन्न सकिन्छ | अवलोकन कक्षमा पनि बेच्न राखिएको छ |सम्झनाको चिनो स्वरुप लैजान पनि पाइन्छ |(ताल्चाको मूल्य १००० येन )

画像の説明

तानाबाताको दिनमा ओरिहिमे र हिकोबोसीको भेट हुने बिशेष दिन पनि मानिन्छ |

जापानको गर्मि सिजनको पर्वको रुपमा रहेको तानाबाता फ़ुकुओका टावरमा योजना गरिन्छ |

画像の説明

सबै भन्दा माथिको अवलोकन कक्षमा तानाबाता सजाउन राखिएको छ |यहाँ आफ्नो मनको कामना लेख्न सकिन्छ | यसरि लेखिएको कागजको टुक्रा पछि दाजाइफुको कामादो जिन्ज्यामा लगेर चढाइञ्छ | यो अवसरमा आफ्नो मनोकामना लेखेर चढाए कस्तो होला ?

画像の説明

बिभिन्न बिदेशी भाषामा लेखिएका मनोकामना हरु पनि देखियो |

यहाँ आउने बिदेशी माझ पनि निकै लोकप्रिय बन्दै गैरहेको छ |यसरि स-साना कागजमा लेखेर भरिएको छ |

画像の説明

७/५ ~७ १२:००~२२:०० सम्म टावर अगाडिको खुल्ला ठाउमा स्टलमा पनि राखिएको छ | ७/७ चै सानो कन्सर्ट पनि राखिएको छ | मनोरंजन लिने कुरा धेरै छन् |

स्थानीयहरु पनि सहभागी हर्सोल्लाशको साथ मनाउछन|

画像の説明

फ़ुकुओका टावरको तानाबाताको अर्को आकर्षक पक्ष भनेको रातको झिलिमिली पनि हो |

यो अवधि बाहेक हेर्न नपाइने तानाबाताको झिलिमिलिले टावरलाइ अझै सुन्दर रंगले रंगाएको छ |

画像の説明

त्यसमाथि ओरिहिमे र हिकोबोसीको भेट हुने तानाबाताको दिनलाई मिलाएर प्रेमीप्रेमिकाको लागि बिभिन्न कार्यक्रम पनि गरिन्छ |तानाबाता अवधिमा मात्र LOVE आकारमा बत्ति बालिन्छ |

समय ७/७ २० बजे, २१ बजे, २२ बजे ५/५ मिनेट

画像の説明

यो दिनमा बिशेष उपहारको पनि ब्यबस्था गरिएको छ | ७/५ ~ ७ सम्म युकाता, जिन्बेइ लगाएर आउनेलाई प्रवेश शुल्कमा ५० % छुट हुन्छ |यो मौका नगुमाउनु होला |♪

फ़ुकुओका टावर

  
गृह पृष्ठ
http://www.fukuokatower.co.jp/
तानाबाता आयोजना अवधि
२०१८-६-१५~७ -७
स्थान
〒८१४-०००१ फ़ुकुओका सी सावारा कु मोमोची हामा २-३-२६
सम्पर्क
०९२८२३०२३४
खुल्ने समय
९:३०~२२:००(अन्तिम प्रवेश २१:३०)
आउने तरिका
・सबवे निसिजिन स्टेसन (१ न गेट) पैदल २० मिनेट
・निसितेचु बस फ़ुकुओका टावर मिनामी गुची
शुल्क
●ठुलो ८००येन
●बिदेशी ६४० येन
● बच्चा ५०० येन . ४ बर्ष तल २०० येन
● बृद्द (६५ बर्ष माथि) ५००येन

この記事が気に入ったら いいね!しよう