जापानमा ४ सिजन छ , प्रत्येक सिजन अनुसार थरिथरिका फूल देख्न सकिन्छ |
त्यस मध्ये फ़ुकुओका वरपरको केहि ठाउँहरुको परिचय गराउछु |

फ़ुकुओका सी वनस्पति उद्द्यान केन्द्र

画像の説明
तस्विर: फ़ुकुओका नगर

फ़ुकुओकाको प्रमुख वनस्पति उद्द्यान केन्द्र हो यो |यहाँ मौसम अनुसारको फूल मात्र नभई ,अमाजोन क्षेत्रमा मात्र पाइने दुर्लभ वनस्पति पनि हेर्न सकिन्छ |

फ़ुकुओकाको केन्द्रमा अवस्थित भएकोले यातायातको हिसाबले पनि पायक पर्छ साथै चिडियाखाना पनि संगै जोडिएकोले दुवै ठाउँको मनोरंजन लिन सकिन्छ |

गृह पृष्ठ
http://botanical-garden.city.fukuoka.lg.jp/
ठेगाना
〒८१०-००३७ फ़ुकुओका च्युओ कु हिरो सेन्सुइ माची ९-१ स्यातोरे मिनामी कोएन १
खुल्ने समय
९ बजे देखि ५ बजे सम्म
सम्पर्क
+८१-९२-५३१-१९६८
आउने बाटो
याकुइन ओदोरि स्टेसन बाट ५६.५७.५८ न को बसमा दोबोचुएनमाए झर्ने
हेर्नलायक मौसम
बर्ष भरि नै

नोकोनोसिमा आइल्याण्ड पार्क

画像の説明
画像の説明

नोकोनोसिमा फ़ुकुओकाको उत्तर पश्चिममा रहेको एक टापू हो |यो समुन्द्री किनारको मजा लिन सकिने पर्यटकीय स्थल हो | मेइनो हामा बाट फेरीमा १० मिनेट मा पुग्न सकिन्छ |

यो फ़ुकुओकाको नाम चलेको ठाउँ हो | बिशेष गरि यहाँ साकुरा ,तोरी ,कसमस लगायतका फूलहरु हेर्न सकिन्छ |यो हेर्नको लागि बर्षेनी हजारौ पर्यटकहरु आउछन |

गृह पृष्ठ
http://nokonoshima.com/
ठेगाना
〒८१९-००१२ फ़ुकुओका निसी कु नोको १६२४
खुल्ने समय
९ बजे देखि ५:३० बजे सम्म
सम्पर्क
+81-92-881-2494
आउने बाटो
मेइनो हामा स्टेसनबाट बसमा नोको तोसेनबा जाने त्यसपछि फेरीमा जाने
हेर्नलायक मौसम
शरद.बसन्त

फ़ुकुओकाज्यो आतो

画像の説明
तस्विर:फ़ुकुओका नगर

फ़ुकुओकाको केन्द्रमा रहेको फ़ुकुओका दरबारको हाता भित्र बर्षै भरि थरिथरिका फूलहरु देख्न सकिन्छ|फुजी, आजिसाइ लगायत फूलहरु पनि निकै आकर्षक हुन्छन तर जे भने पनि साकुरा नै उत्कृस्ट लाग्छ !
यहाँ हरेक बर्ष 「फ़ुकुओकाज्यो साकुरा माचुरी」 आयोजना गरिन्छ |बिहान देखि साँझ सम्म साकुरा सकिन्छ | अझ साँझमा त झिलिमिलिनै हुन्छ |♪

नजिकै रहेको निसी कोएन ,माइजुरु कोएनमा पनि साकुरा हेर्नको लागि धेरै मान्छेहरु आउछन |

गृह पृष्ठ
http://fukuokajyo.com/
ठेगाना
〒८१०-००४३ फ़ुकुओका च्युओ कु ज्योनाइ
सम्पर्क
+८१-९२-७११-४६६६
आउने बाटो
सववे आकासाका स्टेसन अथवा ओहोरी कोएन बाट पैदल ८ मिनेट
हेर्नलायक मौसम
बसन्त

यानागावा हिमावारीएन

画像の説明

फ़ुकुओकाको दक्षिण भाग मा अवस्थित यानागावाको हासिमोतोमा रहेको यानागावा हिमावारीएनमा गर्मि को सुरुवात संगै धेरै मान्छे सूर्यमुखी हेर्न आउछन | ५ लाख भन्दा बढी सुर्यमुखिको बोट रहेको यहाँ आँखाले भ्याउन्जेल देख्न सकिन्छ |

साँझमा चै अन्य कार्यक्रमको मनोरंजन लिन पनि सकिन्छ |सिजनको सुरुवात संगै यानागावा स्टेसन बाट निशुल्क बस सेवा पनि उपलब्ध हुन्छ |

गृह पृष्ठ
http://www.city.yanagawa.fukuoka.jp/kanko/meisho/meguru/_3604.html
ठेगाना
〒८१०-००४३ फ़ुकुओका यानागावा हासिमोतो माची ३८९
सम्पर्क
+८१-९४४-७३-८१११
आउने बाटो
कागोसिमा लाइन सेताका स्टेसन बाट कारमा ३० मिनेट
निसितेचु ओमुता लाइन यानागावा बाट कारमा ३० मिनेट
※७/१६~७/३१ सम्म यानागावा स्टेसन बाट निशुल्क बस सेवा पनि उपलब्ध छ |
हेर्नलायक मौसम
गर्मि

दाजाइफु तेन्मानगु

画像の説明

उमेको फूल यहाँको प्रतिक हो |उमे बाट बिभिन्न खानेकुरा पनि बन्छ |

छेउमै क्युस्युको ठुलो संग्रहालय「क्युस्यु राष्ट्रिय संग्रहालय」पनि भएकोले एक पटक गइ हेर्नु होला |

गृह पृष्ठ
http://www.dazaifutenmangu.or.jp/
ठेगाना
〒818-0117 福岡県太宰府市宰府4丁目7番1号
सम्पर्क
+81-92-922-8225
आउने बाटो
निशितेचु दाजाइफु स्टेसन बाट पैदल ५ मिनेट
हेर्नलायक मौसम
जाडो

यी बाहेक पनि फ़ुकुओकामा धेरै ठाउँहरु छन् | थप जानकारीको लागि Feel Fukuoka Japan हेर्दै गर्नु होला |SNSFACEBOOK,INSTRAGRAMमा पनि अपलोड गरि रहनेछौ |

この記事が気に入ったら いいね!しよう