ऒइताको चिकुसीमा जुनसुकै स्थानमा पुगे पनि २०० बर्ष पहिलेको एदो कालको महशुस दिलाउने कला भेट्नु हुनेछ |किमोनोको लागि प्रख्यात यस ठाउँमा(“किमोनोलाई सुहाउने बजार”ले पनि चिनिन्छ|) आन्तरिक मात्र नभई बाह्य पर्यटकहरुको लागि पनि आकर्षक स्थान बनेको छ | यस्तो किचुकीमा पहिलो पटक आएका Sam र Nita ले तपाईंलाई घुमाउनु हुन्छ |

आउने तरिका
JRबाट ・・・・・JR हाकाता स्टेसनबाट किचुकी स्टेसनसम्म १ घण्टा ४० मिनेट
कारबाट ・・・फ़ुकुओकाबाट ओइता हाईवे हुदै २ घण्टा
画像の説明

सबै भन्दा पहिला गएको, स्टेसन भित्रको पर्यटक जानकारी केन्द्र | पर्यटन क्षेत्र, पसल, बाटो आदिको जानकारी अंग्रेजीमा लिन सकिन्छ |

किमोनो लगाएर बजार घुमघाम !

画像の説明

किमोनो भाडामा लिनको लागि「Waraku An」मा |「Waraku An」मा २५० भन्दा बढी किमोनो राखिएको छ | एक दिनको २४०० येन तिरेर भाडामा लिन सकिन्छ |तपाइँलाइ सुहाउने गरि लगाई पनि दिन्छन | कपाल सजाउने, जापानी स्टाइलको ब्याग, चप्पल, छाता पनि भाडामा लिन सकिन्छ |मोजा चै आफनै लगाए पनि हुन्छ| १०० मा एक जोर किन्न पनि सकिन्छ | दुई जनाको भएमा छुट पनि छ |

पुरुषको किमोनो सरल र शान्त बुट्टामा हुन्छन|शरीर ठुलो भएकालाइ पनि मिल्ने किमोनो पाइन्छ |महिलाको किमोनो बिभिन्न डिजाइन र रंगका छन् |किमोनोमा लगाउने पेटी, रंग र डिजाइन छान्नुबाट पनि तपाईले मनोरंजन लिन सक्नु हुनेछ |पसलमा किमोनोमा सुहाउने रुमाल, पर्स लगायत कोसेलीका सामान पनि पाइन्छ |

किमोनोको लागि पहिले नै बुकिङ्ग गरि राख्नु भयो भने राम्रो हुनेछ | यहाँबाट गर्नुहोला बुकिङ्ग गरेकालाई पहिलो प्राथमिकता दिइनेछ

किमोनो लगाएर घुम्नेलाइ ठाउँ अनुसार प्रवेश निशुल्क, खानामा छुट पनि हुन्छ |

किचुकी घुमघामको सम्पूर्ण जानकारी भ्वाइस गाइड सिस्टम अंग्रेजी,कोरियन,चिनिया,जापानी भाषामा उपलब्ध छ |सेवा पनि उपलब्ध छ | इच्छा लागेको ठाउँको जानकारी मोबाइल फोन मार्फत लिन सकिन्छ |

गृहपृष्ठ
किमोनो「Waraku An」
ठेगाना
〒८७३-०००१ ओइता किचुकी सिटी किचुकी ३७२-४
सम्पर्क
+८१-९७८-६३ -१२१०
खुल्ला हुने समय
१०:००~१६:००
※किमोनो लागि १४:०० सम्म
बन्द रहने दिन
१२/२९ ~१/३
पार्किंग
अंग्रेजीमा सम्पर्कको लागि
info@kit-suki.com

घुमघाम ①『सुया नो साका』

画像の説明

『सुया नो साका』 ओरालो बाटो हो |यहाँ ओरालोबाट तपाईंले आँखै लोभ्याउने दृश्य देख्न सक्नुहुनेछ |ओरालो झरेर उकालो पट्टि फर्की हेर्नुस त् ! किचुकिमा २ स्थानमा यस्ता ठाउँमा योद्दाहरु बस्ने गर्थे, वरिपरि होचा डाँडा भएको यस ठाउँमा पहिला धेरै ब्यापारी बस्ने गर्थे |२०० बर्ष भन्दा लामो समय बितिसकेको यस ठाउँमा बहने हावाले अहिलेका पिढीलाइ पनि त्यो बेलाको झल्को दिन्छ |

घुमघाम ②『नोमि तेइ दाइनो च्याया』

画像の説明

दिउसोको खाना『नोमि तेइ दाइनो च्याया』मा जापानी खाना खायौ | यो पहिला योद्दा (सामुराइ) बसेको घर हो रे! हाल चै क्याफे रेस्टुरेन्टको रुपमा चलाइएको छ |सुन्दर जापानी बगैचा हेर्दै खानाको स्वाद लिन सकिन्छ |Sam र Nitaले खाइरहेको माचुकादो (१२०० येन ) हो | सरल तरिकाले बनाइएको तरकारी, माछा, मासुको स्वाद अति नै मिठो छ |

画像の説明

खाना पछी पनि केक, जापानी मिठाइ (५०० येन)को स्वाद लिन सक्नुहुनेछ |

गृहपृष्ठ
नोमि तेइ दाइनो च्याया
ठेगाना
सम्पर्क
+८१-९७८-६२-०३३०
खुल्ला हुने समय
१०:००~१६:००
(लन्च ११:००~१४:००
बन्द रहने दिन
प्रत्येक बुधबार
१२/२९ ~१/३
पार्किंग
अंग्रेजीमा सम्पर्कको लागि
info@kit-suki.com

घुमघाम ③『किचुकी स्युराकुकान』

画像の説明

एदो कालको जीवन शैलीमा आधारित नाटक प्रदर्शनी गर्ने 『किचुकी स्युराकुकान』 | हाँसो, आँसु,नृत्य सबै समेटिएको कला प्रदर्शनी स्थल | प्रदर्शनी सकिए पछि कलाकारहरुले न्यानो अभिवादन संगै बिदाइ गर्छन | उनिहरुसंग फोटो खिच्न पनि सकिन्छ |प्रदर्शनी हरेक महिना बदलिने भएकोले फरक फरक कलाको स्वाद लिन सकिन्छ |

गृहपृष्ठ
किचुकी स्युराकुकान
ठेगाना
〒८७३-०००१ ओइता किचुकी सिटी किचुकी ३९८-१
सम्पर्क
+८१-९७८-६६-१११२
प्रदर्शनी समय
पहिलो नाटक १३:३०~
दोस्रो नृत्य १४:४०~
※दोस्रो मात्र हेर्न चाहनु हुन्छ भने १००० येनले प्रवेश गर्न सक्नु हुनेछ |
बन्द हुने दिन
हरेक महिना मसान्त
शुल्क
वयस्क १७०० डोर सेल १५०० प्रि सेल
बिद्यार्थी (प्राइमरी) ६०० येन
हाइ स्कुल ८०० येन
अशक्त र ७० बर्ष माथिका १५००
समुह छुट (१० जना माथि ) १६०० येन
पार्किंग
अंग्रेजी जानकारीको लागि
info@kit-suki.com

घुमघाम ④『माचुयामा दो』

画像の説明

सम्बन्ध र स्वाद लाइ महत्व दिने जापानी मिठाई पसल 『माचुयामादो』Sam र Nitaले खादै गरेको चै मिसो मान्ज्यु | यो मिसो मान्ज्युमा अगाडी पट्टि रहेको पसल आयाबेको मिसो प्रयोग गरिएको छ | यहाँ स्वादको लागि त ग्राहकहरु आउछन नै त्यो बाहेक हजुरआमाको न्यानो आदर सत्कारबाट प्रभावित भएर आउनेको पनि कमि छैन |

सम्बन्धित पेज
माचुयामा दो
ठेगाना
〒८७३-०००१ ओइता किचुकी सिटी किचुकी १७३-६
सम्पर्क
+८१-९७८-६२-२२२३
खुल्ला हुने समय
८:३०~१८:३०
बिदा हुने दिन
१/१
अंग्रेजीमा जानकारीको लागि
info@kit-suki.com

घुमघाम ⑤『कावानो उचीहामोनो』

画像の説明

चक्कु, कृषि औजार लगायत बिभिन्न हात हतियार बनाउने 『कावानो उचीहामोनो』को लाइसेन्स प्राप्त शिल्पकार हुन् |किचुकी बासि बाट पहिले देखिनै हरेक हतियारहरु यहिबाट तयार पार्दछन | प्रयोग गरिने हरेक हतियार सहज हुने भएकोले लोकप्रिय छ |

सम्बन्धित पेज
कावानो हामोनो
ठेगाना
〒८७३-०००१ ओइता किचुकी सिटी किचुकीकिता गिओन
सम्पर्क
+८१-९७८-६२-३४१६
अंग्रेजीमा जानकारीको लागि
info@kit-suki.com

घुमघाम ⑥『ओ च्यानो तोमोया』

画像の説明

एदो काल (२०० बर्ष अघि)देखि चलिआएको 『जापानी चियाको तोमोया』|यहाँ जापानी परम्परागत चिया बनाउने 『च्यादो』को अनुभव लिन सकिन्छ | मात्र ५०० येन (उपभोक्ता मूल्य कर छुट्टै लाग्नेछ)| पहिला पहिला बरिस्ठ मानिसहरु चियालाई औषधिको रुपमा प्रयोग गर्दथे |त्यो समयमा चिया मुल्यवान पेयपदार्थ थियो |स्वादिस्ट चिया पिउदै जापानको सुख दुख महशुश गर्न सकिन्छ |

गृहपृष्ठ
ओच्यानो तोमोया
ठेगाना
〒८७३-०००१ ओइता किचुकी सिटी किचुकी ३८५
सम्पर्क
+८१-९७८-६२-२१३९
बिदा हुने दिन
१/१
अंग्रेजीमा जानकारीको लागि
info@kit-suki.com

घुमघाम ⑦『नाकानो स्युजो』

画像の説明

मेइजि काल (लगभग १३० बर्ष अघि) देखि चलिरहेको रक्सि उत्पादन केन्द्र 『नाकानो स्युजो』| स्थानीय उत्पादनको चामलबाट बनाइने यहाँको रक्सीले केहि अवार्ड पनि प्राप्त गरेका छन |जापानी रक्सिको लागि महत्वपूर्ण पानी २०० मि. जमिन मुनिबाट निकालिएको पानीले”अन्तरास्ट्रिय गुणस्तर अवार्ड”पनि जितेको छ| विश्व कृषि सम्पदामा दर्ता भएको किचुकिमा उत्पादित चामल प्रयोग गरिएको रक्सीको स्वादले टाढादेखि आउने तपाईंहरुलाइ सन्तुष्ट बनाउछ |

गृहपृष्ठ
नाकानो स्युजो
ठेगाना
〒८७३-०००२ ओइता किचुकी सिटी मिनामी किचुकी २४८७ -१
सम्पर्क
+८१-९७८-६२-२१०९
बिदा हुने दिन
१२/३१-१/१
पार्किंग
अंग्रेजीमा जानकारीको लागि
info@kit-suki.com

घुमघाम ⑧『ओहारा तेइ』

画像の説明

एदो कालमा माथिल्लो स्तरका योद्दा(सामुराइ)हरु बस्ने हवेली 『ओहारातेइ』ढोका छिर्ने बित्तिकै खरको छानो आँखा अगाडी देखा पर्छ |हवेली भित्र पाहुना घर , बगैचा देख्न सकिन्छ |शत्रु बाट बच्नको लागि प्रयोग गरिने धनुष वाणको अभ्यास गर्ने ठाउँ पनि छ | माथिल्लो स्थारका योद्दा भएपनि विलासिताको जीवन यापन नभई साधारण थियो |『ओहारातेइ』मा त्यो कालको लडाकुको जीवन शैली इत्यादी महसुश गर्न सकिन्छ |

सम्बन्धित पेज
ओहारा तेइ
ठेगाना
〒८७३-०००१ ओइता किचुकी सिटी किचुकी २०७
सम्पर्क
+८१-९७८-६३-४५५४
खुल्ला हुने समय
९:००~१७:००(अन्तिम प्रवेश १६:३० )
बिदा हुने दिन
छैन
प्रवेश शुल्क
किमोनो लगाएको व्यक्ति प्रवेश निशुल्क
प्रति व्यक्ति बयस्क:२०० येन / बिद्द्यार्थी १०० येन
समुह (३० जना भन्दा बढी) बयस्क: १६० येन / बिद्द्यार्थी ८० येन
अंग्रेजीमा जानकारीको लागि
info@kit-suki.com

घुमघाम ⑨『किचुकी दरवार』

画像の説明

समुन्द्री किनारमा अवस्थित जापानको सबैभन्दा सानो दरवार 『किचुकी दरवार』 | दरवार भित्र पुराना र बहुमूल्य सांस्कृतिक सम्पत्ति छन् | | लडाकुले प्रयोग गरेका सामग्रीहरु लगाई हेर्न सकिन्छ | जापानको सबैभन्दा सानो दरवारबाट किचुकिको सुन्दरता देखिन्छ | किमोनोमा घुम्न सुहाउने बजार किचुकीमा एदो काल देखि रहेका हवेली, परम्परा, इतिहास देख्न सकिन्छ |

किमोनो लगाएको व्यक्ति प्रवेश निशुल्क
प्रति व्यक्ति बयस्क:३०० येन / बिद्द्यार्थी १५० येन
समुह (३० जना भन्दा बढी) बयस्क:२४०येन / बिद्द्यार्थी १२० येन
सम्बन्धित पेज
किचुकी दरवार
ठेगाना
〒८७३-०००१ ओइता किचुकी सिटी किचुकी
सम्पर्क
+८१-९७८-६२-४५३२
खुल्ला हुने समय
९:००~१७:००(अन्तिम प्रवेश १६:३० )
बिदा हुने दिन
छैन
प्रवेश शुल्क
पार्किंग
अंग्रेजीमा जानकारीको लागि
info@kit-suki.com

※सम्पूर्ण सूचनाहरु २०१६ सेप्टेम्बर २१ मा अपडेट गरिएका हुन|

この記事が気に入ったら いいね!しよう