यसपटक सागको उत्तर पश्चिममा अबस्थित टापू「माचुसिमा」मा जादैछु |त्यहाको जनसंख्या मात्र ६४ जना (२०१०को जनगणना) चारै तिर समुन्द्रले घेरिएको सानो टापू हो माचुसिमा |

画像の説明

माचुसिमा काराचुको योबुकोबाट फेरीमा जान सकिन्छ |

画像の説明
画像の説明
यहि फेरी हो | नाम चै「सिङयेइ」

फेरीको भित्र सफा र चिटिक्क अनि वातानुकूलन भएकोले यात्रा आरामदायी हुन्छ |

समुन्द्र हेर्दै माचुसिमा तिर

画像の説明

योबुको बाट फेरी छुटे संगै योबुको पुल मुनिबाट अगाडी बढिन्छ | जमिनबाट नदेखिने दृस्यहरु पनि देखिन्छन |

画像の説明

२० मिनेटको फेरी यात्रामा देखिने निलो आकाश र समुन्द्र हेर्दै माचुसिमा पनि देखिन्छ|。

माचुसिमा आइपुगे

画像の説明
画像の説明

आइपुगे पछि पहिला देखेको चर्च, एदोको समयमा यहाँ क्रिस्चियनहरु लुकेर बसेका थिए रे !त्यहि भएर अहिले पनि यस टापुका लगभग सबैजना क्याथोलिक धर्मावलम्बी छन् |

हराभरा प्रकृति र मत्स्य पालन

画像の説明

यहाको प्रकृति सार्है मन लोभ्याउने छ |

画像の説明

डाडाबाट देखिने समुन्द्रको मनमोहक दृश

यहाको प्रमुख उद्योग मत्स्यपालन रहेको छ |अर्चिन,टर्बन,एबलों जातका समुन्द्री जीवहरु बढी पाइन्छन |

画像の説明

बन्दरगाह वरपर हेर्दा, भर्खर माछा मारी फर्केका माझीहरु अर्चिन कहने तयारी गर्दै थिए| यहाका माझीहरु सबै जना पुरुष मात्र छन् |(प्रायजसो महिला हरु हुने गर्छन )

画像の説明
画像の説明

यहाका मान्छेहरु एकदमै मजाका छन् |हामीलाई पनि अर्चिन स्वाद चाख्न दिए |

画像の説明

यस टापुमा कुनै पनि होटेल छैनन् | एउटा सानो Ristorante Matsushima भन्ने लज जस्तो चै छ त्यै पनि पहिले नै बुकिङ्ग गर्नु पर्दछ |

आउने तरिका

स्थान
सागा केन काराचु सी चिञ्जेइ माची माचुसिमा
फेरीको समय तालिका
योबुको
・१०:००
・१४:३०
・१७:००
माचुसिमा
・७:४०
・१३:००
・१६:००
शुल्क
एक तर्फी वयस्क ४६०येन
बालक २३० येन
सम्पर्क
८१-९५५-८२-९०९३
・काराचु स्टेसनबाट ट्याक्सीमा ३० मिनेट
कारमा नागासाकी हाइवे ताकु बाट ६०मिनेट

この記事が気に入ったら いいね!しよう