ओइता प्रिफेक्चरको लगभग मध्यभागमा अवस्थित युफुको प्रतिक युफुदाके र सुन्दर प्राकृतिक दृश्यहरुले तपाईंलाई स्वागत गर्दछ |

画像の説明
画像の説明

जापानी स्टाइलको बजार र ओन्सेनले गर्दा यो ठाउँ प्रख्यात छ |हालै क्युसु क्षेत्रको ओन्सेन मध्ये १न.मा पनि परेको छ |

画像の説明

यस पटक सुन्दर हराभरा युफुमा रहेको होटेल 「MORINO TERRACE 」को बारेमा परिचय गराउछौ | शान्त र सरल वाताबरण मनपराउनेको लागि सुहाउँदो होटेल छ |शान्त वातावरणमा रातो टाइलको छानो प्रतिकको रुपमा रहेको यहाँ आनन्द संग समय बिताउन सकिन्छ |

画像の説明

आकर्षक लबी र चुल्होको न्यानोसंगै बार, डान्स हल पनि रहेकोले साँझको समय आनन्द संग बिताउन सकिन्छ |

画像の説明

प्रत्येक कोठा फराकिलो र फरक फरक डिजाइनको छ |

画像の説明

बेड देखि बत्ति सम्मका सबै स्टाइलिश समानहरुले तपाईंलाइ पर्खिरहेको छ | अनि सबै कोठामा बाथरुमको पनि व्यवस्था छ|

画像の説明

महिला पाहुनाकोलागी बिशेष प्याकेज「लेडिज प्याकेज」पनि उपलब्ध छ |

画像の説明

अझ खुशीको कुरा त अरोमा ओइल प्रयोग गरिने रिल्याक्सेसन मसाज, तन पनि मन पनि दुवै आनन्दित बनाउँछ |

画像の説明

त्यसपछि युफ़ुइनमा छुटाउनै नहुने ओन्सेन |

画像の説明

यहाको ओन्सेनमा अल्काली ph8-9भएकोले यसलाई “सौन्दर्यको पानी”ले पनि चिनिन्छ |परिवार मात्रको छुट्टै ब्यबस्था छ | प्राकृतिक हराभराले भरिएको ओन्सेनमा छिर्नु पनि छुट्टै मजा छ |

画像の説明

खाना पनि कुशल र अनुभबी कुकले बनाउने फ्रेन्च परिकार उपलब्ध छ |

画像の説明
画像の説明

हेर्दा आकर्षक खाँदा स्वादिस्ट परिकार प्राइभेट कोठामा बसी खान पनि सकिन्छ |

画像の説明

आकर्षक डिजाइनको भवन अनि स्टाफहरुको न्यानो सत्कारका साथै जापानी नबुझे पनि अंग्रेजी बाट कुराकानी गर्न सकिन्छ |

画像の説明

फ़ुकुओकाबाट बस अथवा ट्रेनमा युफ़ुइन स्टेसन पुग्न सकिन्छ | स्टेसनबाट ल्याउने पुर्याउने बसको व्यवस्था छ | तपाइँ पनि एकपटक अबस्य आइहेर्नु होला |

Yufuin Hotel “Morino Terrace”

 
गृह पृष्ठ
http://forest-terrace.co.jp/
ठेगाना
928, Kawakita, Yufuincho, Yufu-shi, Oita 879-5114
सम्पर्क ठेगाना
TEL:+८१-९७७-२८-२०००
खुल्ने समय
चेक इन: १५ बजे देखि १७:३० बजे सम्म
चेक आउट: ११ बजे सम्म
पार्किंग
पार्किंग
※ट्रेन, बस बाट आउनु हुन्छ भने बुकिङ्गको बेलामा भन्नुहोस | ल्याउने पुर्याउने व्यवस्था गर्दछौं |

※सम्पूर्ण सूचनाहरु २०१५ अप्रिल २२ मा अपडेट गरिएका हुन|

この記事が気に入ったら いいね!しよう