यसपटक फ़ुकुओकाको उत्तरी भेगमा अवस्थित फ़ुकुओकाको दोस्रो ठूलो शहर किताक्युसुको साराकुरायामाको बारेमा परिचय गराउँछु |

画像の説明

६२२ मिटर उचाइ भएको यो यहाँको सबै भन्दा अग्लो डाडा हो | यसको शिखर बाट किताक्युसु शहर, वाकादो पुल, समुन्द्रको मनोरम दृश्यावलोकन गर्न सकिन्छ |

画像の説明
画像の説明

यहाँ रातमा देखिने झिलिमिली जापानको तिन प्रमुख मध्ये एक हो | यहाँको रात्रि कालिन दृश्य अति नै सुन्दर देखिन्छ |

画像の説明

डाडाको टुप्पा सम्म केवल कारबाट जान सकिन्छ | बाटोमा पनि मनै लोभ्याउने दृश्य देख्न सकिन्छ |

画像の説明

मौसम अनुसार केवल कार बेलुका पनि संचालन गरिन्छ | रेस्टुरेन्ट पनि भएकोले वरिपरिको मनोरम दृश्य हेर्दै खान सकिन्छ |

画像の説明

सुन्दर दृश्यावलोकनको लागि एक पटक अवश्य आउनुहोला |

साराकुरायामा

 
गृह पृष्ठ
http://www.hobashira-aigo.jp/
ठेगाना
Kokura, Yahatahigashi Ward, Kitakyushu city, Fukuoka Prefecture, 805-0048
सम्पर्क
साराकुरायामा भिजिटर सेन्टर
फोन :+८१-९३-६८१-५५३९
आउने तरिका
होबासीराबाट केवल कारमा १० मिनेट
केवल कार स्टेसनसम्म याहाता स्टेसनबाट शटल बस पनि संचालनमा छ|
शनि, आइत र सार्वजनिक बिदाको दिन १०:००-१८:००(१-१ घन्टाको फरकमा )
केवल कार भाडा
दुइ तर्फी १२०० एन (वयस्क) ६००एन (बालक)

この記事が気に入ったら いいね!しよう