
पश्चिम जापानको सबैभन्दा ठूलो “रेड लाइट एरिया” नाकासुमा प्रत्येक बर्ष “नाकासु ज्याज”को योजना हुने गर्दछ | २००९ बाट सुरु भएको “नाकासु ज्याज” यो वर्ष सातौं पटक सम्पन्न भएको छ |यो बर्ष पनि सेप्टेम्बर ११ र १२ गरि दुइ दिनको आयोजना सम्पन्न भयो |

कन्सर्टको दिन भारी बर्षातको बाबजुत पनि हजारौ दर्शकमा जोश र उमंग थियो | हरेक बर्ष एक लाख भन्दा बढी दर्शकले यहाको स्टेज भरिने गर्दछ | वरपरीको सडकमा समेत भिड बढ्ने भएकोले गर्दा बाटो समेत अवरुद्ध हुन्छ |
नाकासुलाई ज्याज सुहाउँछ
मूलतः यसको शीर्षक (नाकासुलाई सुहाउने ज्याज) भन्ने थियो | नाकासुलाई अझै उमंगित बनाउन हरेक साल धेरै कलाकारहरू सहभागी हुन्छन् | २०१५ मा त ८८ समूह भए |आकर्षक ज्याज लाइफ नाकासु मात्र नभई वरपर १० ठाउँमा स्टेज बनाइ दुई दिन सम्म ज्याजको रंग मा रंगिएको थियो |

संसारभरिका क्रियाशिल कलाकार देखि स्थानीय कलाकार सम्म सहभागी यसमा नाकासुमा मात्र हेर्न पाइने प्रस्तुति पनि थियो | बिनाटिकट हेर्न सकिने यस कन्सर्टमा धेरै जना कलाकारहरुको प्रदर्शनी सजिलै सँग एकै ठाउँमा हेर्न पाइन्थ्यो |

आफुलाइ मनपर्ने कलाकारको स्टेजमा गएनी हुने ,आकर्षक कलाकार खोजेनि हुने, बजार घुमफिर गर्दै संगीतको भावमा भिजेनि हुने | अरु बेलाको नाकासु भन्दा फरकपनको नाकासु भेट्न सक्नुहुनेछ |
नाकासु घुमघाम गर्दै मनोरंजन लिन सकिने यस कार्यक्रम वास्तवमै उत्कृष्ट थियो | यो सिजनमा फ़ुकुओका आउनु भयो भने हेर्न नछुटाउनू होला |
नाकासु ज्याज २०१५
गृहपृष्ठ |
---|
http://nakasujazz.net/index.html |
आयोजना हुने मिति |
२०१५ सेप्टेम्बर ११ (शुक्र )१६ :१० – २२ :०० २०१५ सेप्टेम्बर १२ (शनि9 १६ :०० – २२ :०० |
स्थान |
सबवे नाकासु स्टेसन नजिकै |
आयोजक |
NAKASU JAZZ आयोजक कार्यकारी समिति | सम्पर्क |
〒810-0801 फ़ुकुओका हाकाता कु नाकासु ५-११-२२ स्योगेचुदो तेस्रो तल्ला फोन: ०९२-२९२-२२१२ |
※ सम्पूर्ण सूचनाहरु २०१५ अक्टोबर ५ मा अपडेट गरिएका हुन|
この「FFJ|記事」が気に入ったら いいね!しよう