तपाइँहरुलाई जापानको प्रख्यात शपिंग सेन्टर इओन मलको बारेमा थाहा छ ? किनमेल मात्र नभई, रेस्टुरेन्ट, मनोरंजन पनि एकै ठाउँमा उपलब्ध भएको स्थल हो |

画像の説明

इओन खुद्रा ब्यापारमा बिक्रि र नाफामा पहिलो स्थानमा रहेको छ (२०१६/३ निक्केइ पत्रिका)| देशभित्र २७४ र देश बाहिर चीन,मलेसिया, कम्बोडिया,भियतनाम,इन्डोनेसियामा पनि विस्तार भएको छ |

ताजा र प्रशस्त सामानले भरिभराउ !

इओनको बिशेषता भन्नु नै हरेक सामान पाइनु हो

画像の説明

जुनसुकै लिङ्ग, उमेर समूहका लागि हुने सामान पाइन्छ यहाँ | इओन मलमा नपाइने सामान सायद छैन होला |

画像の説明
画像の説明

बिशेष गरि दैनिक उपभोग्य बस्तुहरु यति छन् कि देखेर छक्क पर्नुहुन्छ |ताजा तरकारी,माछामासु ,सुसी, प्याक खाना, मिठाई, मदिरा लगायत अन्य किसिमका सामान उपलब्ध छ यहाँ |स्थानीय कोसेलीका पसल पनि छ |

画像の説明
画像の説明

इओन ग्रुप “TOP VALU”

画像の説明

इओन आफैले उत्पादन गरेको ब्रान्ड “TOP VALU” गुणस्तरीय भएकोले जापान भित्र बाहिर निकै नाम चलेको छ |

画像の説明

पर्यटक सेवा

画像の説明

पर्यटकको लागि ट्याक्स फ्री सेवा पनि उपलब्ध छ |खरिद गरेको सामानको बिल र पासपोर्ट लिएर आउनु होला |

画像の説明

अझ पर्यटकलाई त ५% छुटको कुपन पनि दिइन्छ |अनि ८ % कर छुट पनि हुने भएकोले सबै गरि १३% प्रतिशत छुट हुन्छ |

परिवार सहित

यहाँ भित्र पारिवारिक वातावरणमा किनमेल गर्न सकिन्छ |

画像の説明 बच्चाको लागि बेबी कार्ट
画像の説明 बच्चा खेल्ने ठाउँ
画像の説明 मसाज मेच र आराम गर्ने ठाउँ
画像の説明 खाजा खानको लागि फुड कोट

लत्ता कपडा, बिबिध सामग्रीका पसलहरु

画像の説明

पारिवारिक किनमेल गर्नु परेमा AEON MALLबिशेष गरि फ़ुकुओका आउनु भएमा इओन इतोमा आउनुहोस | एयरपोर्टबाट एउटै ट्रेनमा जान सकिन्छ |

इओन मल फ़ुकुओका इतो

画像の説明
गृहपृष्ठ
http://fukuokaito-aeonmall.com/
ठेगाना
〒८१९-०३७९ फ़ुकुओका सी निसी कु किताहारा १-२-१
सम्पर्क
+८१-९२-८०५-८१००
खुल्ला रहने समय
इओन (दैनिक उपभोग्य बस्तु)९:००~२३:००
इओन (अन्य)९:००~२२:००
इओन (औषधि) १०:००~१९:००
बिबिध सामग्री १०:००~२२:००
फुड कोर्ट १०:०० ~२२:००
रेस्टुरेन्ट ११:००~२३:००
※पसल अनुसार समय फरक पर्न पनि सक्छ
बन्द हुने दिन
छैन
आउने तरिका
फ़ुकुओका एयरपोर्ट बाट「निसी काराचु」「काराचु」「माएबारु」जाने ट्रेनमा 「क्युदाई गाक्केन तोसी 」मा झर्ने
स्टेसन बाट पैदल १ मिनेट
पार्किंग

※सम्पूर्ण सूचनाहरु २०१६ सेप्टेम्बर २१ मा अपडेट गरिएका हुन|

この記事が気に入ったら いいね!しよう