फ़ुकुओकाको परम्परागत कला “हाकाता निन्ग्यो “

यसपटक म फ़ुकुओकाको परम्परागत कला सामाग्री “हाकाता निन्ग्यो “पसल मा आएको छु ||♪

सुन्दरी महिलाको रुपमा
बहादुर योद्दाको रुपमा

यामाकासामा राखिएको कुसिदाको यामाकासा

यी पुतलीहरु हाकाता यामाकासामा पनि देख्न सकिन्छ | Heeya पनि निकै चाख मानेर हेर्दैछिन |

चाख मानेर हेर्दै Heeya

स्योगेचुदो (Shougetsudou) मा ६०० भन्दा बढी थरीथरीका पुतलीहरु राखिएका छन् |यहाँ तपाइले पनि सुन्दरी पुतली र बलवान पुरुषका झल्को दिने कला सामग्रीहरु भेट्न सक्नुहुनेछ|

यो बिरालो काखी च्यापेको पुतली Heeya लाइ मन पर्ने ♪

जापानी सुन्दरताको अनुभूति दिलाउने स्योगेचुदो (Shougetsudou) सम्म जानलाइ नाकासु कावाबाता स्टेशनबाट पैदल १ मिनेट लाग्छ | आजभोली बिदेशी पर्यटक पनि बढेका छ | उपहार को लागि पनि ठिक्क छ | विदेशमा निर्यात पनि गरिन्छ

आफै पनि बनाएर हेरौ!

स्योगेचुदो(Shougetsudou)को एक बिशेषता तपाइँ आफै पनि बनाएर हेर्न सक्नुहुन्छ | यसकको लागि २१६० येन शुल्क लाग्छ |३० – ६० मिनेट जति समय लाग्छ | आफुलाई मन पर्ने सामग्री छान्नुहोस् र रंगरोगन गर्नुहोस |♪

Heeya पनि बनाउदै छिन

Heeya पनि बनाउदै छिन | सुरुमा उनी रंग र डिजाइन को छनौट मा अल्मलिएकी थिइन तर अन्त्यमा चै राम्रो बनाइन| ♪

Heeyaले बनाएको

यसरि आफैले बनाएको पुतली फ़ुकुओकाको चिनो स्वरुप लैजान सकिन्छ|?

परम्परागत कलाबाट मनोरंजन लिउ !

स्योगेचुदो(Shougetsudou)मा पुतली बाहेक अन्य परम्परागत कला सामग्री पनि राखिएका छन् |मजबुत र गुणस्तरीय रेशमबाट बनाइएका पर्स, टाइ इत्यादी |

हाकाता ओरिको टाइ

फुकुओकाको परम्परागत मिठाइ निवाका मेन रुपको मजबुत र गुणस्तरीय रेशमबाट बनाइएका पर्स पनि पाइन्छ

निवाका मेन रुपको पर्स

४०० बर्ष पुरानो इतिहास बोकेको “हाकाता निन्ग्यो ” र ७७० बर्ष पुरानो इतिहास बोकेको रेशमबाट बनाइएका “हाकाता ओरि”का सामग्रीहरु हेर्न एकपटक अवस्य जानुहोला |


हाकाता निन्ग्यो काइकान स्योगेचुदो(Shougetsudou)

गृह पृष्ठ
http://www.shogetudo.jp/
ठेगाना
〒810-0801 5-1-22, Nakasu, Hakata-ku Fukuoka-shi, Fukuoka हाकाता निन्ग्यो काइकान स्योगेचुदो(Shougetsudou)1F
सम्पर्क
फोन न. : 092-291-4141 फ्याक्स : 092-291-2805
खुल्ला रहने समय
९ :०० -२१ :००

※सम्पूर्ण सूचनाहरु २०१५ डिसेम्बर १६ मा अपडेट गरिएका हुन|

この「FFJ|記事」が気に入ったら いいね!しよう