यस पटक हामी फ़ुकुओकाको एक प्रख्यात पर्यटकीय स्थल दाजाइफु र क्युसू राष्ट्रिय संग्रहालयमा आएका छौं |हाम्रो प्रस्तोता Chien Chien फ़ुकुओका १ वर्ष बसे ता पनि यहाँ जान लागेको चैँ पहिलो पटक रे ! संग्रहालय बारेमा जानकार अर्की प्रस्तोता Angela ले Chien Chien लाइ घुमाउँछिन् |

यो संग्रहालय जापानको सबैभन्दा ठूलो संग्रहालय हो |

हिडदै गरेका Angela र Chien Chien

दाजाइफु तेन्माङ्गुबाट पनि संग्रहालय जान सकिन्छ |

संग्रहालय र तेन्माङ्गु वरपरका नक्साहरु

यो वर्ष यस संग्रहालयले १०औ वर्ष पुरा गरेको छ | तपाइलाई लोभ्याउने पहिलो कुरा भनेको यसको आकर्षक भवन हो |

संग्रहालय बाहिर पट्टिको दृश्य

यसको आकर्षक डिजाइन र सिसामा टल्किने प्रकृतिले मनै लोभ्याउँछ | यहाँको आगन्तुकको संख्या दोस्रो धेरैमा पर्दछ | वर्षमा ४ पटक गरिने विशेष प्रदर्शनी जापान भरीमा यहाँ मात्र हुने गर्दछ |

बहुभाषिक सेवा

संग्रहालय भित्र जापानी, कोरियन, अंग्रेजी, चिनियाँ भाषामा जानकारी पाइन्छ |

संग्रहालय भित्र अन्य भाषामा लेखिएका पर्चाहरु
बहुभाषिक टिकट मेसिन

यहाँ नियमित र विशेष गरि दुई किसिमका प्रदर्शनी हुनेगर्दछ्न| विशेष प्रदर्शनी शुल्कमा नियमित प्रदर्शनी शुल्क पनि जोडिएको हुनाले छुट्टै शुल्क तिर्नु पर्दैन |

चौथो तल्लाको नियमित प्रदर्शनीमा एसिया र जापानको इतिहासको बारेमा थाहा पाउन सकिन्छ |

सांस्कृतिक प्रदर्शनी कक्ष अगाडी

तपाइको सुविधाको लागि अडियो गाइडको पनि व्यवस्था छ | नम्बर लेखिएका प्रदर्शनीको बारेमा जापानी , अंग्रेजी ,चिनियाँ र कोरियन भाषामा सुन्न सकिन्छ |

अडियो पुस्तिका मार्फत जानकारी लिदै  Angela र Chien Chien

Chien Chienपनि प्रदर्शनी कक्ष मा अडियो गाइडको प्रयोग गर्दै |यहाँ रहेको केही बस्तुहरूलाई छुन सकिन्छ , सुँघ्न सकिन्छ |

केही बस्तुहरूलाई छुन सकिन्छ , सुँघ्न सकिन्छ
हल भित्र डुल्दै Angela र Chien Chien

तेस्रो तल्लाको विशेष प्रदर्शनी कक्षमा वर्षमा ४ पटक फरक फरक शीर्षकमा योजना गरिन्छ | आगन्तुकहरूको संख्या एक लाख भन्दा बढी हुन्छ |

विशेष प्रदर्शनी कक्ष

संग्रहालय मा अरू पनि मनोरंजन लिने ठाउँहरू छन् | चौथो तल्लामा सुपर हाइभिजन हल छ |

सुपर हाइभिजन हल

पहिलो तल्लामा क्याफे , रेस्टुरेन्ट ,अनि चिनोको लागि म्युजियम शप छ |

चिनोको लागि म्युजियम शप

त्यति मात्र नभएर दाजाइफु तेन्माङ्गु भित्र पनि म्युजियम शप छ यहाँ बाट पनि खरिद गर्न सक्नु हुन्छ |

दाजाइफु तेन्माङ्गु भित्रको म्युजियम शप

तपाइँ पनि पुरातन सांस्कृतिक निरीक्षणको लागि एक पटक क्युसू राष्ट्रिय संग्रहालयमा पाल्नुहोस् |


क्युसु राष्ट्रिय संग्रहालय

गृह पृष्ठ
http://www.kyuhaku.jp
ठेगाना
〒818-0118 4-7-2, Ishizaka, Dazaifu-shi, Fukuoka
खुल्ने समय
९ :३०-१७:००
बन्द हुने दिन :
प्रत्येक सोमबार
बृस्तृत जानकारीको लागि
फोन :०५०-५५४२०-८६००
(बिहान ८ बजे बाट राती १० बजे सम्म )

※सम्पूर्ण सूचनाहरु २०१५ अक्टोबर १४ मा अपडेट गरिएका हुन|

この記事が気に入ったら いいね!しよう