हुकुचिल क्याफे हाकाता ???

हुकुचिल संगै रम्न सकिने 「Fukuro no Mise Hakata」फ़ुकुओका ,ओसाका र क्योटोमा छ | त्यस मध्येको एक फ़ुकुओकाको हाकातामा छ |यो पसलमा सानाठूला गरि २० वटा भन्दा बढी हुकुचिल छन् | यिनीहरुको आयु साइज अनुसार १०~३० बर्ष सम्म हुन्छ |प्रवेश शुल्क १२ बर्ष भन्दा माथि १५००येन~/प्रति घण्टा १२ बर्ष भन्दा तल १०००येन / प्रति घण्टा लाग्छ | किन्न पनि, राख्न दिन पनि सकिन्छ |

※१२ बर्ष भन्दा तलका बच्चाहरु अभिभावकको साथमा हुनु पर्नेछ |

画像の説明

हुकुचिललाई चलाउदै

हुकुचिललाई छोएको कल्पना गर्नुस त | कस्तो लाग्यो? सार्हो ? खस्रो ? प्रायलाई कल्पना गर्न गार्हो होला तर छोई हेरे पछि छक्क पर्नुहुन्छ |

यिनीहरुको भुत्ला ब्लान्केट जस्तै नरम हुन्छ | टाउको सुम्सुम्याइदियो भने आनन्द मान्छन |यस्तो आनन्द शब्दमा व्यक्त गर्न सकिदैन |

画像の説明
画像の説明

यहाँ भित्र पालना गर्नु पर्ने केहि नियम भएकोले अनिबार्य पालना गर्नुहोला |

हुकुचिल संग सम्बन्धित केहि सामानहरु !

यहाँ मात्र पाइने「Fukurou no Mise」सामान पनि हेर्नुहोला है | जापानीमा सुख बोलाउने अर्थ राख्ने “Fukurou”को प्वाँख ,टावल ,ब्याग आदि छन् |यी सामानहरु इन्टरनेट बाट पनि किन्न सकिन्छ |

画像の説明
画像の説明

फ़ुकुओका आएको बेला「Fukuorou no Mise」हाकातामा पनि आउनु होला |

「Fukuorou no Mise」हाकाता

 
गृह पृष्ठ
http://www.owlfamily.co.jp/
ठेगाना
〒८१२-००२६फ़ुकुओका केन फ़ुकुओका सी हाकाता कु कामीकावाबाता ४-२११
सम्पर्क
फोन:+८१-६-६३६०-६२०५
खुल्ने समय
मंगल~शुक्र १२:०० ~ २०:००
शनि, आइत ११:०० ~ २०:००
बन्द हुने दिन:हरेक हप्ता सोमबार
アクセス
सबवे नाकासु कावाबाता स्टेसन ५ न गेटबाट पैदल ५ मिनेट
・गिओन स्टेसन ३ न गेटबाट पैदल ६ मिनेट
・क्यानल सिटी हाकाता माए बसस्टपबाट ४ मिनेट

この記事が気に入ったら いいね!しよう