तानाबाताको बारेमा सुन्नु भएको छ ?यहाँ तानाबाताको सुरुवात संगै ढोका अनि बजार पनि निगालोको पातले सजाइञ्छ、मनोकामना लेखिएका कागजका टुक्रा पनि झुण्ड्याइञ्छ अनि जुलाई ७ तारिकका दिन मनोकामना पुरा होस् भनि तारासंग प्राथना गरिन्छ |

画像の説明

तानाबातामा भएको「किओरि」भगवानको मन्दिर फ़ुकुओकामा रहेको थाहा छ ?मन्दिरको नाम पनि「तानाबाता」

画像の説明

तेन्जिनबाट रेलमा ३० मिनेट लाग्ने ओगोरिमा रहेको छ |

खासमा चै (हिमेकोसो)भनिन्छ | तानाबाता संग सम्बन्धित मन्दिर अन्य ठाउमा छैनन् |

画像の説明

यो मन्दिरमा प्रत्येक बर्ष अगस्त ७ जापान भरि बाट पठाइएका ३ लाख भन्दा बढी निगालोको पात अनि सन्देशहरु लाइ अन्त्येष्टी गर्ने तानाबाता माचुरी योजना गरिन्छ | यो दिन परिसर बिभिन्न रंगमा सजाइएका हुन्छन, पसलहरु पनि हुन्छन | धेरै रमाइलो हुन्छ |

画像の説明
画像の説明 ▲रंगीचंगी त खुब राम्रो हुन्छ नि ?
画像の説明 ▲भित्र चाही अन्य भाषामा लेखिएका संदेशहरु पनि छन् |
画像の説明 ▲जात्राको दिनमा पसल र मानिसहरुको भिडभाडले रमझम हुन्छ |

तानाबाता जिन्ज्याको मूलढोकामा ओरिहिमे र केंग्युको मूर्तिले तपाईलाई स्वागत गर्न बसेका छन् |

画像の説明 ▲बायाँ ओरिहिमे दायाँ केंग्यु

यी दुइ मुर्ति तानाबाताको कथामा आउने पात्र हुन् |ओरिहिमे राजकुमारी, केंग्यु गोठालो हो | यिनीहरुको जीवनमा यस्तो मोड आउँछ |

कुशल बुनाइ कला भएकी ओरिहिमे र गाईको स्याहारमा खटिने केंग्युको बिहे हुन्छ |एकअर्काको प्रेममा डुबेका यिनीहरु काम गर्नमा चाह देखाउदैनन ,त्यसमै ओरिहिमेको बा रिसाउछन र यिनीहरुको मिलन बर्षमा १ पटक ७ महिना ७ तारिकमा मात्र भेट्न पाउने गराउछन | तर त्यसपछि यिनीहरुको अझै प्रगति हुदै गएको भन्ने भनाइ छ |

画像の説明

ओरिहिमे र केंग्युको कथा बाट「प्रेमीहरुको पवित्र भुमि」बन्न पुगेको छ तानाबाता जिन्ज्या |रोमान्टिक यहाँ तपाइँ पनि एक पटक गइ हेर्नुहोला |

तानाबाता जिन्ज्या नाचू माचुरी

 
स्थान
तानाबाता जिन्ज्या
कार्यक्रम आयोजना मिति
२०१६/८/७ साँझ ६:३०~९ बजे सम्म
सम्पर्क
तानाबाता आयोजक समिति
फोन:०९४२-७२-५६२३

तानाबाता जिन्ज्या (मन्दिर)

            
स्थान
〒८३८-०१२७ फ़ुकुओका केन ओगोरि ऒसाकी १
सम्पर्क
ओगोरि पुरातात्त्विक अनुसन्धान केन्द्र
  फोन:०९४२-७५-७५५५
आउने तरिका
तेन्जिनबाट निशितेचु एक्सप्रेसमा ओगोरि स्टेसन ३० मिनेट ओगोरि स्टेसनबाट पैदल २० मिनेट
 

この記事が気に入ったら いいね!しよう