आज तपाइहरुलाई तोन्कोचु रामेन रेस्टुरेन्ट “इचिरान्”को बारेमा परिचय गराउछु |

とんこつラーメン専門店「一蘭」

इचिरान रेस्टुरेन्ट १९६०मा स्थापना भएको पुरानो रेस्टुरेन्ट हो | हाल जापान भित्र बाहिर गरी ५४ वटा रेस्टुरेन्टहरु छन |यो रेस्टुरेन्ट जापानी र बिदेशी दुबैको माझमा प्रख्यात छ

大人気の「とんこつラーメン」

यसपटकको Feel Fukuoka Japan को मिटिङको क्रममा सहभागीहरु संग छलफल गर्दा धेरै जसोले इचिरानको परिचयात्मक कार्यक्रम बनाउनु पर्नेमा जोड दिएकोले निर्णय गरियो |

किन इचिरान नै त ? अन्य रेस्टुरेन्टहरु भन्दा छुट्टै बिशेसता भएकोले , यसको बारेमा अनविज्ञहरुलाई परिचय गराउनको लागी राम्रो उपाय भएकोले गर्दा यसको बारेमा सुरु गरिएको हो |

一蘭独特の「オーダーシート」

अर्को कुरा इचिरानको स्वादको बिशेसता | अर्डर सिटमा आफ्नो इच्छा अनुसारको स्वाद्को अर्डर गर्न सकिन्छ |यो अङ्रेजी ,चिनिया र कोरियन भाषामा उपलब्ध छ |

4ヵ国語に対応する食券機

इचिरानको मुख्य  रेस्टुरेन्ट मा चाही कुपन किन्ने मेशिन पनि अङ्रेजी ,चिनिया र कोरियन भाषामा उपलब्ध छ |यहाँ २४ घन्टा खुल्ला हुन्छ |तपाइहरु जुनसुकै बेला पनि गएर स्वादिलो रामेन खान सक्नुहुन्छ |

राम्रो आतिथ्य र मिठो स्वादको लागी एक पटक अवश्य “इचिरान”मा गएर 「HAKATA STYLE RAMEN」को स्वाद लिनु होला |


तोन्कोचु रामेन रेस्टुरेन्ट “इचिरान्”

गृहपृष्ठ
http://www.ichiran.co.jp
Facebook
https://www.facebook.com/ramen.ichiran
ठेगाना
〒810-0801 福岡県福岡市博多区中洲5-3-2
सम्पर्क
फोन:०९२-२६२-०४३३
खुल्ने समय
चौबिसै घण्टा
जाने बाटो
सबवे नाकासु स्टेसन २ न. गेट बाट पैदल १ मिनेट
पार्किंग
छैन

※सम्पूर्ण सूचनाहरु २०१५ अगस्त २२ मा अपडेट गरिएका हुन|

この記事が気に入ったら いいね!しよう