आफुलाइ मन परेको स्टलमा जान सकिन्छ 『बार वोकु फ़ुकुओका २०१५ 』

『बार वोक फ़ुकुओका』भनेको फ़ुकुओकाको ११० वटा पसलहरु मिलेर आयोजना गर्ने सडक महोत्सव हो|यो बिषेशत युवाहरुमा प्रख्यात छ |

जान मन लागेको , थाहा नभएको स्टलहरु जमघट भएको यहाँ जुन स्टल हेरे पनि जान मन लाग्ने | ३००० येनको एउटा टिकट किन्यो भने त्यहाँ को ५ वटा मन लागेको पसल बाट स्न्याक र पेयपदार्थ लिन सकिन्छ | गाइड म्याप पनि भएकोले सजिलो छ | भरपुर रुपमा फ़ुकुओकाको स्वाद लिन सकिन्छ |

अग्रिम

महोत्सवमा खानेकुरा मात्र नभई, गीतसंगीतको पनि मजा लिन सकिन्छ |मदिरा र स्न्याकको स्वाद संगै रमाइलो गर्न सक्नु हुन्छ |♪

जाउ हेर्न बार वोक (Bar Walk)!

यसपटक बार वोकको सहभागी अमेरिकाको Javier,सुसी मन पराउने Javier अलमल नगरी सुसीको स्टल तर्फ!

Javier को छनौटमा परेको तेन्जिन मिनामी स्टेसन छेउको सुसी रेस्टुरेन्ट 『सुसिदोकोरो इजुमिता 』|स्थानीय रुपमा उपलब्ध ताजा माछाबाट बनाइएका सुसी सासिमि मात्र नभई जापानिज रक्सि पनि यहाको बिशेष परिकार हो |

Javierले सावारा भन्ने माछा पहिलो पटक खाएको रे ! यो माछा शरद ~ हिउदको बिचमा हुन्छ | फ़ुकुओकामा सबै भन्दा बढी पाइन्छ | सासिमी, सुसी बाहेक यो माछा पोलेर, फ्राई गरेर खान पनि सकिन्छ |

右から、サーモン、イカ、サワラ दायाबाट साल्मोन, इका,सावारा

फ़ुकुओकाको सावारा भन्ने ठाउ संग मिल्ने भएकोले Javier लाइ अनौठौ लागेछ |

お寿司を食べてご満悦のハビー

सुसी खाए पछि मख्ख पर्दै Javier !

त्यस पछि इमाइजूमिको 『कोची सोबा 』 गइयो |यहाँ १००% फापर प्रयोग गरि बनाइएको सोबा (फापरको चाउमिन ) पाइन्छ |अझ जापानिज रक्सि र पकौडाको स्वाद त बिर्सन नसकिने छ ♪

蕎麦焼酎を飲むハビー
सोबा सोच्यु (फापरको रक्सी)「उन्काइ 」

”सोबा सोच्यु” चाख्दै Javier!फापर बाट बनाइएको रक्सि चामल, सखरखंडको भन्दा पनि बिल्कुल फरक स्वाद आउछ | Javierलाइ पनि मन पर्यो रे !

फापरको चाउचाउ उमाल्ने भएकोले उमालेको तातो पनि पनि स्वाद लिन पाइन्छ | Javierले पनि स्वाद मानेर पिए |

まだまだバルウォークを楽しむハビー

जापानिज खाना र रक्सिबाट रमाइरहेका Javier संग ३ वटा टिकट बाँकि नै छ | यस पछि अन्य स्टलमा जादैछन |

स्वादिस्ट परिकार र रक्सि ,अनि फ़ुकुओकाको विशेषता र संस्कृतिको मजा लिन सकिने 「बार वोकु फ़ुकुओका 」, हरेक बर्ष आयोजना गरिन्छ | अर्को पटक अबस्य आउनु होला |

बार वोकु फ़ुकुओका २०१५

गृह पृष्ठ
http://www.barwalk.jp/
मिति
२०१५ नोवेम्बर ३(मगलबार )
आयोजक
इदेया क्युसु .एसिया「बार वोक आयोजक समिति 」
सम्पर्क ठेगाना
〒८१०-०००१ फ़ुकुओका च्युओ कु तेन्जिन ४-२-३६ तेन्जिन दाइइची भवन चौथो तल्ला
फोन: ०९२-४०१-०८७७
कार्यालय समय
१०:०० ~१८:००

※सम्पूर्ण जानकारी हरु २०१५ डिसेम्बर २२ मा अपडेट गरिएका हुन् |

この「FFJ|記事」が気に入ったら いいね!しよう