योदोबासि हाकाताको बहुभाषिक सेवा

आज हाम्रो चिनियाँ प्रस्तोता Kyoku ले गराउदैछन् योदोबासि हाकाताको बारेमा परिचय! यहाँ बिषेश गरि इलेक्ट्रोनिक सामानहरू पाइन्छ |यो फ़ुकुओकाको केन्द्र हाकातामा रहेकोले यातायातको हिसाबले धेरै सजिलो छ |

यहाँ अंग्रेजी ,चिनियाँ ,कोरियन भाषा बोल्न सक्ने स्टाफ छन् | आबस्यक परेमा उनीहरूको सहयोग लिन सकिन्छ | आज चिनियाँ स्टाफले हामीलाई यहाँको बारेमा बताउँछिन् |

यहाँको प्रत्येक तल्लामा कर छुट को काउन्टर छ | चीनमा सर्बाधिक प्रयोग हुने युनियन पे कार्ड पनि प्रयोग हुन्छ |यो कार्ड बाट पैसा तिरेमा ५ % छुट पनि पाइन्छ |
योदोबासि हाकाता चिरपरिचित हुनुको रहस्य के हो त ?
ग्राहकको सजिलोको लागि यहाँ अनेक उपाय अपनाइएका छन् |

यहाँका विज्ञापनहरू पनि विभिन्न भाषामा लेखिएका छन् स्टोर भित्रको उद्घोषण पनि विभिन्न भाषामा हुने गर्दछन |

सामानहरूको जानकारी पनि विदेशी भाषामा छन्|यसो हेर्दा त यो जापान जस्तो नै लाग्दैन |
तपाइँको फ़ुकुओका बसाइलाई सहज बनाउन योदोबासि २ हप्ता प्रयोग गर्न मिल्ने सित्तैमा उपलब्ध गराएको छ |

यस्तै अन्य सेवाहरू पनि उपलब्ध गराउने भएको ले पनि परिचित छ |
फ़ुकुओका आएको बेलामा अबस्य यहाँ आउनु होला|
योदोबासी क्यामेरा मल्टिमिडिया हाकाता
गृह पृष्ठ |
---|
http://www.yodobashi.com/ec/store/0088/ |
ठेगाना |
〒812-0012 福岡県福岡市博多区博多駅中央街6-12 ヨドバシ博多B1-3F |
सम्पर्क |
फोन : ०९२-४७१-१०१० |
खुल्ने समय |
९:३०~२२:०० |
आउने तरिका |
JRहाकाता स्टेसन चिकुसी गेट नजिकै |
पार्किंग |
छ |
この「FFJ|記事」が気に入ったら いいね!しよう